संसद विघटनविरुद्धका रिटमा बिहीबार र शुक्रबार सुनुवाइ « Khabarhub

संसद विघटनविरुद्धका रिटमा बिहीबार र शुक्रबार सुनुवाइ


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा परेका रिटको पेशी तोकेको छ ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार रिटमध्ये अन्तरिम आदेश माग भएका १९ रिटको सुनुवाइ १३ गते बिहीबारलाई तोकिएको छ । त्यस्तै संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ १४ गते शुक्रबारलाई तोकिएको छ ।

संसद विघटनविरुद्ध सर्वोच्चमा ३० रिट निवेदन दर्ता भएका छन् । ती रिटमध्ये अन्तरिम आदेश माग भएका १९ र संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ रिट रहेका छन् ।

अधिकांश रिटमा प्रतिनिधिसभा पुन:स्थापनाको माग गरिएका छन् भने केही प्रधानमन्त्रीमा केपी शर्मा ओली नै रहने र समयमै निर्वाचन माग गरिएका रिट रहेका सर्वोच्चले जनाएको छ । सुनुवाइको ईजलास भने सम्बन्धित दिन नै तोकिने सर्वोच्चले जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ५ : ४३ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी