खाद्य तथा किराना पसल खोल्न नपाइने, यी हुन् बिहान ९ बजेसम्म खुल्न पाउने पसलहरू ? (सूचीसहित) « Khabarhub

खाद्य तथा किराना पसल खोल्न नपाइने, यी हुन् बिहान ९ बजेसम्म खुल्न पाउने पसलहरू ? (सूचीसहित)


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा फेरि थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न तथा किराना पसल र डिपार्टमेन्टल स्टोरलगायतका पसल समेत बन्द हुने भएका छन् ।

मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १४ गतेदेखि लागू हुने गरि ती पसल बन्द गर्ने निर्णय गरेको हो । तर, केही पसलहरू भने बिहान ९ बजेसम्म खुल्न पाउने छन् ।

बिहान ९ बजेसम्म खुल्न पाउने पसलहरू

१. तरकारी पसल,
२.फलफूल पसल
३. दूध पसल
४. मासु पसल
५. खानेपानी र ग्यास पसलहरू ।

यस्तै, तरकारी तथा फलफूलको थोक बजारमा फुटकर विक्री वितरण गर्न नदिने निर्णय पनि प्रजिअहरूको छ । स्थानीय ढुवानी बिहान ९ बजेसम्म गर्न पाइने निर्णय पनि भएको छ ।

साथै, औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका सबै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक घरबाहिर ननिस्कन भनिएको छ । प्रशासनले मर्निङ वाक र इभिनिङ वाक गर्न समेत प्रतिबन्ध लगाएको छ ।

नयाँ आदेशअनुसार निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम गरिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ८ : ०१ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का