गण्डकीको बजेट अधिवेशन आह्वान « Khabarhub

गण्डकीको बजेट अधिवेशन आह्वान


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेका लागि बोलाइएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले १६ गते दिउँसो १ बजे पोखरास्थित सभागृह हलमा अधिवेशन बोलाउनका लागि सिफारिस गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

गण्डकी प्रदेशको सातौं अधिवेशन चैत २५ गतेबाट सुरु भई वैशाख २ गते अन्त्य गरिएको थियो । प्रदेश प्रमुख पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागिएपछि प्रदेश सरकारको सिफारिसमा तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन मध्यरातमा अन्त्य गरेका थिए ।

अविश्वास प्रस्ताव दर्ता गर्दै कांग्रेससहितका विपक्षी दलहरुले विशेष अधिवेशन बोलाउन माग गरेपछि वैशाख १३ गते विशेष अधिवेशन शुरु भएको थियो ।

आगामी असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याउनु पर्ने भएकाले अधिवेशन डाकिएको हो ।

जेठ १६ गते बजेट अधिवेशन शुरु भएपछि दोस्रो दिन जेठ १७ गते विनियोजन विधियेक २०७८ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिने गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए । बजेट ल्याउनुअघि सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाले पारित गर्नुपर्ने प्रावधान छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आगामी जेठ २८ गते भित्र विश्वासको मत लिनुपर्नेछ ।

संविधानको धारा ६८ को ३ अनुसार ठूलो दलको हैसियतमा पुनः दोस्रो पटक मुख्यमन्त्री भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । गुरुङले दोस्रो पटक वैशाख २९ गते मुख्यमन्त्रीको सपथ लिएका थिए ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ८ : ३० बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले