तीन दिन भित्र जवाफ पठाउन भन्दै जसपा अध्यक्ष ठाकुरले सोधे यादवलाई स्पष्टीकरण | Khabarhub Khabarhub

तीन दिन भित्र जवाफ पठाउन भन्दै जसपा अध्यक्ष ठाकुरले सोधे यादवलाई स्पष्टीकरण


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिनको समय दिएर जवाफ पठाउन स्पष्टीकरण सोधेका छन् ।

उनले विगत केही दिनहरुमा तपाइँको काम कारबाही र क्रियाकलापहरु पार्टीको मुल्यमान्यता, नीति तथा विधान विपरित भइरहेको हुँदा पार्टीको विधानको ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन् ।

उनले विभिन्न ७ वटा विषयहरुको तीन दिनभित्र पार्टी कार्यालयमा जवाफ पठाउन भनेका छन् ।

मंगलबार सोधिएको स्पष्टीकरणमा गुटगत बैठक, लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यहरुमाथिको कारबाही, सर्वोच्च अदालतमा पार्टी निर्णयविना गठबन्धनको रिटमा हस्ताक्षर गरेको लगायतका विषयमा जवाफ माग गरिएको छ ।

यस्तो छ पत्र

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : ४४ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको