‘यास’ चक्रावतको असरले भारी वर्षाको सम्भावना, पर्वतारोहण नगर्न आह्वान « Khabarhub

‘यास’ चक्रावतको असरले भारी वर्षाको सम्भावना, पर्वतारोहण नगर्न आह्वान


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बंगालको खाडीमा बनेको ‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि देखिएको छ ।

चक्रावतको प्रभावले नेपालमा मंगलबारदेखि नै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।मौसम आएको बदलीले काठमाडौं उपत्यकामा मात्रै गत २४ घण्टामा ५.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको महाशाखाले जनाएको छ ।

आजदेखि शनिबारसम्म वर्षा/हिमपात अझ बढ्दै जाने महाशाखाले जनाएको छ । यस अवधिभर सतर्कता अपनाउन, पर्वतारोहणमा नजान मौसमविद्ले आह्वान गरेका छन् ।

पूर्वी नेपालबाट शुरू भएको चक्रावतको असर क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ । मौसमविद् प्रतीभा मानन्धरका अनुसार आजबाट हावाहुरीसहित ठूलो वर्षाको सम्भावना छ । आइतबादेखि मात्रै चक्रावतको असर कम हुने उनले जानकारी दिइन् ।

भारतमा आज यास चक्रवात बज्रिने अनुमानपछि बंगाल र ओडिसाका लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ९ : ५१ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द