‘आदिपुरुष’मा सैफको दस शिर | Khabarhub Khabarhub

‘आदिपुरुष’मा सैफको दस शिर


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सैफ अली खान फिल्म ‘आदिपुरुष’लाई लिएर यतिबेला चर्चामा छन् । यो फिल्ममा उनी रावण चरित्रमा देखिँदैछन् । आफ्नो भूमिकालाई लिएर उनी निकै उत्साहित छन् । हालैको एक अन्तरवार्तामा उनले फिल्मको चरित्रका बारे खुलेर कुरा गरेका छन् ।

दैनिक जागरणका अनुसार फिल्म कम्पेनियनलाई दिएको अन्तरवार्तामा आफ्नो चरित्रको विविध पक्षबारे उनले बोलेका छन् ।

‘निर्देशक ओम राउतले मलाई मभन्दा ठूलो योजना बनाएका छन् । यसमा केही कुरा मिश्रित छन् । तर अधिकांश कुरा वास्तविकतामा आधारित हुनेछन् । उनी हामी तालिम लिएर भूमिकाका लागि कठोर देखियोस् भन्ने चाहन्छन्’, सैफले भनेका छन्, ‘रावण हाम्रो देशका लागि दानव हो, तर उनी एक बलवान राजा पनि हुन् भन्ने कुरा बिर्सनु हुन्नँ ।’

उनले आफूलाई रावण चरित्रमा ढाल्नका लागि पटक पटक सोच्ने गरेको खुलाए । उनले आफूमा रावणमा देखिने चरित्र के हो भन्ने कुरा सोचिरहँदा रावणमा रहेको घमण्ड र अहंकार सम्झिएपछि त्यसमा आफूलाई ढाल्न सजिलो भएको बताए ।

‘उनी सफलताका लागि प्रार्थना गर्छन । आफूले चाहेको राज्य लिन्छन् । उनी एक राक्षस हुन्, जसको एक नभई दशवटा शिर छ । यो मामलामा यो भूमिका निकै मजबुत र पर्दामा अभिनय गर्नका लागि पनि मजेदार छ । म पनि फिल्ममा १० शिरवाला दानव बन्दैछु । त्यसका लागि उत्साहित छु । कहानीको निचोड राक्षसलाई भगाउनु नै हो’, उनले भनेका छन् ।

फिल्म भूषण कुमारको टी सिरिज कम्पनीले निर्माण गर्दैछ । फिल्ममा प्रभास र कृति सेननको पनि अभिनय रहनेछ । उनीहरु राम र सीताको चरित्रमा देखिँदैछन् भने सनी सिंह लक्ष्मणको भूमिकामा देखिनेछन् ।

‘रामायण’ महाकाव्यमा आधारित फिल्मको रिलिज मिति यसै वर्षको अगष्ट ११ तोकिएको छ । फिल्मको सुटिङ गत फेब्रुअरीबाट सुरु भइसकेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ११ : १९ बजे

आजबाट घरकर्जा र शेयर धितो कर्जाको सीमा बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्नेगरी बुधबार क,

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ

सात करोडको लागतमा पालिका भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन