मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु « Khabarhub

मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- मलामी गएका बैतडीका एक किशोरको मङ्गलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ ।

शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश मङ्गलबार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए ।

बेपत्ता किशोरको करिब पाँच घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीबाटै नेपाल प्रहरी, सशस्त्र प्रहरीले शव निकालेको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १२ : २५ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,