‘सानो मन’ को गीतमा आयुष्मान र शिल्पाको रोमान्स « Khabarhub

‘सानो मन’ को गीतमा आयुष्मान र शिल्पाको रोमान्स


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो असार २० गतेदेखि प्रदर्शन हुने  फिल्म ‘सानो मन’ को गीत सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरियो ।

कल्याण सिंह र रोमन बज्राचार्यको संगीत रहेको गीतमा सीमा राई र सुयोग गुरुङको स्वर सुन्न सकिन्छ । गीतलाई रोमन र रवि मल्लले लेखेका हुन् ।

गीतको भिडियोमा आयुष्मान देशराज जोशी र शिल्पा मास्केले अभिनय गरेका छन् । यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । गुरुङको यो फिल्म डेब्यु निर्देशकीय फिल्म पनि हो । गीतको भिडियोमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

समीर सुनुवार र निर्देशक गुरुङले लेखेको फिल्मलाई राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजीव श्रेष्ठ र रमेश के मित्तलले निर्माण गरेका हुन् । फिल्म लभस्टोरी जनरामा निर्माण गरिएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ५ : ५० बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ