मुख्यमन्त्री राईद्वारा बुद्धजयन्तीको शुभकामना « Khabarhub

मुख्यमन्त्री राईद्वारा बुद्धजयन्तीको शुभकामना


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर)२०७८ का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईद्वारा जारी शुभकामना सन्देशमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको उल्लेख गर्दै शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनको महत्व आजको विश्व परिवेशमा झनै बढेको उल्लेख गरेका छन् ।

सन्देशमा उनले बुद्धका उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै सन्देशमा मुख्यमन्त्री राईले उभौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले ऊर्जा प्रदान गर्दै आएको मुख्यमन्त्री राईको सन्देशमा उल्लेख छ ।

उनले यस प्रकारका मौलिक सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोगसमेत गरेको सन्देशमा उल्लेख गरेका छन् ।

बढ्दोरूपमा फैलिएको कोरोना भाइरसका कारण यी चाडपर्व खुला र भव्यरूपमा मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले कोरोना सङ्क्रमणबाट बच्न र सुरक्षित रहन सबैसँग अपिल गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १ : ५५ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र