कोरोना विरुद्धको खोप उपलब्ध गराउन भारतीय समकक्षीलाई राष्ट्रपतिको आग्रह « Khabarhub

कोरोना विरुद्धको खोप उपलब्ध गराउन भारतीय समकक्षीलाई राष्ट्रपतिको आग्रह


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन भारतीय समकक्षी रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छन् ।

कोभिसिल्ड खोप अभावका कारण नेपालमा खोप अभियान प्रभावित भएको जनाउँदै राष्ट्रपति भण्डारीले पत्राचार गर्दै खोप आपूर्तिका लागि पहल गर्न आग्रह गरेकी हुन् ।

सिरम इष्टिच्युटले वर्ष २०२१ को अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने भनेपछि राष्ट्रपतिले कुटनीतिक पहल गरेकी हुन् ।

भारतले यसअघि १० लाख डोज खोप सहयोग गरेको थियो भने सरकारले २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेअनुरुपको पहिलो चरणमा १० लाख डोज खोप ल्याइसकेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ५ : ३४ बजे

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन