नागरिकता सम्बन्धी अध्यादेशको समर्थन गर्दै तराईका जिल्लामा प्रदर्शन « Khabarhub

नागरिकता सम्बन्धी अध्यादेशको समर्थन गर्दै तराईका जिल्लामा प्रदर्शन


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिकता अध्यादेशको समर्थनमा रौतहट, बारासहित मधेशका विभिन्न जिल्लामा स्थानीयले प्रदर्शन गरेका छन् ।

सरकारले नागरिकता समस्या समाधान गर्ने उद्देश्यले हालै जारी नेपाल नागरिकता अध्यादेशबारे नेकपा एमालेबाट निष्कासित नेता भीम रावल, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेको उनीहरुले आरोप लगाएका छन् ।

आक्रोशित स्थानीयले आज विभिन्न स्थानमा उनीहरूविरुद्ध नाराबाजी समेत गरेका छन् ।

नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण वा फिजीकरण हुने भयो भनेर अनर्गल दुष्प्रचार गरेको भन्दै त्यस्ता हर्कत गर्नलाई खबरदारी गर्न प्रदर्शन गरेको रौतहटका नागरिक समाजका अगुवा राजकिशोर यादवले बताए।

सयौँको संख्यामा नागरिकले ‘नागरिकता अध्यादेश विरोधी होसियार, आफ्नै देशमा शरणार्थी बनाउन पाइँदैन।’ ‘जनविरोधी देउवा-प्रचण्ड मुर्दावाद, नेपाल सरकारको निर्णय जिन्दावाद, मधेश विरोधी उपेन्द्र-माधव मुर्दावाद’, ‘नागरिकको भविष्यसँग खेलबाड गर्न पाइँदैन, नागरिकताविरोधी नेता चाहिँदैन’ जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : ३९ बजे

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठजना पक्राउ

पर्सा– वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश