नागरिकता सम्बन्धी अध्यादेशको समर्थन गर्दै तराईका जिल्लामा प्रदर्शन « Khabarhub

नागरिकता सम्बन्धी अध्यादेशको समर्थन गर्दै तराईका जिल्लामा प्रदर्शन


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिकता अध्यादेशको समर्थनमा रौतहट, बारासहित मधेशका विभिन्न जिल्लामा स्थानीयले प्रदर्शन गरेका छन् ।

सरकारले नागरिकता समस्या समाधान गर्ने उद्देश्यले हालै जारी नेपाल नागरिकता अध्यादेशबारे नेकपा एमालेबाट निष्कासित नेता भीम रावल, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेको उनीहरुले आरोप लगाएका छन् ।

आक्रोशित स्थानीयले आज विभिन्न स्थानमा उनीहरूविरुद्ध नाराबाजी समेत गरेका छन् ।

नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण वा फिजीकरण हुने भयो भनेर अनर्गल दुष्प्रचार गरेको भन्दै त्यस्ता हर्कत गर्नलाई खबरदारी गर्न प्रदर्शन गरेको रौतहटका नागरिक समाजका अगुवा राजकिशोर यादवले बताए।

सयौँको संख्यामा नागरिकले ‘नागरिकता अध्यादेश विरोधी होसियार, आफ्नै देशमा शरणार्थी बनाउन पाइँदैन।’ ‘जनविरोधी देउवा-प्रचण्ड मुर्दावाद, नेपाल सरकारको निर्णय जिन्दावाद, मधेश विरोधी उपेन्द्र-माधव मुर्दावाद’, ‘नागरिकको भविष्यसँग खेलबाड गर्न पाइँदैन, नागरिकताविरोधी नेता चाहिँदैन’ जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै