नेपाल-खनाल समूहमै उभिए भट्टराई र विष्ट « Khabarhub

नेपाल-खनाल समूहमै उभिए भट्टराई र विष्ट


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र गोकर्ण विष्टले फेरि प्रधानमन्त्री ओलीविरुद्धको मोर्चालाई साथ दिएका छन् ।

ओलीको ‘स्वेच्छाचारी’ कदमविरुद्ध एकजुट हुन आग्रह गर्दै माधवकुमार नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले जारी गरेको संयुक्त वक्तव्यमा उनीहरुले पनि समर्थन जनाएका हुन् । उक्त वक्तव्यमा यी दुवै नेताको नाम समावेश छ ।

गत ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेता भट्टराईले असहमति जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। नेता विष्टले पनि विपक्षी दलको बैठकमा सहभागी भए पनि देउवालाई प्रधानमन्त्री बनाउन संकलित हस्ताक्षर आफूले नदिएको बताएका थिए ।

उक्त प्रस्तावमा हस्ताक्षर नगरेपछि उनी ओली समूहमा गएको अड्कलबाजी गरिएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ९ : २२ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको