गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट « Khabarhub

गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीमा एक जना एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ। कोरोना संक्रमितहरुलाई ओसार्दै आएका २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको हो ।

उनको टाउकोमा चोट लागेको छ ।  हाल उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

रेसुंगा नगरपालिका-१ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले उनीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

चालक खत्रीलाई कुटपिट गर्ने बोहोरा फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकमाथि कुटपिट गरिनु निन्दनीय भएको संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका सचिव युवराज बस्नेतले बताए।

उनले दोषीमाथि कारबाहीको माग राखेका छन् । घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ९ : ३१ बजे

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि