सर्जिकल पसलका कर्मचारीमाथि कुटपिट गर्ने डीएसपी कार्कीमाथि छानविन गर्न समित गठन « Khabarhub

सर्जिकल पसलका कर्मचारीमाथि कुटपिट गर्ने डीएसपी कार्कीमाथि छानविन गर्न समित गठन


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज । वीरगन्ज महानगरपालिका–८ आर्मी ब्यारेक पछाडि रहेको एक सर्जिकल पसलका कर्मचारीमाथि डीएसपी प्रह्लाद कार्कीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रदेश २ प्रहरी कार्यालयले छानबिनका लागि समिति गठन गरेको छ ।

प्याथो सर्जिकल हाउसका कर्मचारी अफरोज अहमदमाथि डीएसपी कार्कीले बुट र लौरोले कुटपिट गरेको घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको हो ।

प्रदेश प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएको छ । छानबिनका क्रममा प्रहरीको गल्ती पाइए प्रहरी नियमावली बमोजिम कारबाही गरिने प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) कार्कीले बुधबार बिहान उक्त सर्जिकल पसलमा प्रवेश गरी त्यहाँका कर्मचारी अहमदलाई कुटपिट गरेका थिए ।

सर्जिकल हाउसको छेउमै रहेको किराना पसल प्रहरीले बन्द गराउने क्रममा अहमदले भिडियो खिचेको भन्दै कुटपिट गरिएको हो । अहमदमाथिको कुटपिट भएको दृश्यको रेकर्ड पसलको सीसीटीभीमा भएको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि डीएसपी कार्कीमाथि कारबाहीको माग उठेको थियो ।

लौरो र बुटले हिर्काएपछि अहमदको मोबाइलसमेत डीएसपीले खोसेर लगेको पटेलले बताए । हाल वीरगन्जमा निषेधाज्ञा लगाइएको छ । बिहान ८ बजेसम्म मात्र तरकारी तथा खाद्यान्न पसलहरु खोल्न दिने प्रशासनले अनुमति दिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ३ : ५० बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका