‘स्कूल अफ रक’ अभिनेता केविनको निधन | Khabarhub Khabarhub

‘स्कूल अफ रक’ अभिनेता केविनको निधन


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउडका प्रख्यात अभिनेता केविन क्लार्कको सडक दुर्घटनामा निधन भएको छ । केविनले ३२ वर्षको उमेरमा ज्यान गुमाएका हुन् ।

अमर उजालाका अनुसार केविनले साइकल चलाइरहदा त्यही समयमा उनलाई एक कारले हिर्काएको थियो । प्रहरी घटनास्थल पुग्दा केविन कारमुनि गम्भीर अवस्थामा भेटिएका थिए ।

प्रहरीले उनलाई त्यहाँबाट तुरुन्तै एडवोकेट इलिनोइस मेसोनिक मेडिकल सेन्टर पुर्याएको थियो । त्यहाँ पुर्‍याएकाे केही समयमा नै चिकित्सकले उनलाई मृत घोषणा गरेको थिए ।

केविनले सन् २००३ मा रिलिज फिल्म ‘स्कूल अफ रक’ मा ड्रमर फ्रेडी ‘स्पेजी मेगी’ जोन्सको भूमिका निभाएका थिए । उनको निधनमा कलाकारले श्रद्धाञ्जली दिएका छन् ।

अभिनेता ज्याक ब्ल्याकले आफ्नो इन्स्टाग्राममा ‘दुःख लाग्दो खबर, केविन गए, विश्वास नै लाग्न सकेको छैन’ भन्दै लेखेका छन् ।

केविन र ज्याक ‘स्कूल अफ रक’मा एकसाथ देखिएका थिए । यो फिल्ममा अभिनय गरेपछि केविनले ड्रम बजाउने कामलाई नियमित राखे । केविनले ‘जेस बेस एण्ड द इन्टेन्टेन्स’सँग काम गरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ४ : १५ बजे

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौँडा– बागमती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद

देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवन– चितवनस्थित देवघाटधाममा आज (बिहीबार) देखि साउने मेला सुरु भएको

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ ।

५२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– म्याग्दीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक