डडेल्धुरा अस्पताललाई सरकारले दियो ५० वटा अक्सिजन सिलिण्डर  « Khabarhub

डडेल्धुरा अस्पताललाई सरकारले दियो ५० वटा अक्सिजन सिलिण्डर 


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डडेलधुरा अस्पतालमा पहिलोपटक नेपाल सरकारले दिएको अक्सिजन सिलिण्डर पुगेको छ ।

सरकारले दिएको ५० वटा अक्सिजन सहितको सिलिण्डर डडेल्धुरा अस्पतालमा पुगेको हो । अक्सिजन सिलिण्डर नहुँदा कोरोना भाइरसका बिरामीको उपचारका लागि समस्या भइरहेको समयमा नेपाल सरकारले अक्सिजन सहितको सिलिण्डर दिएपछि उपचारका लागि सहज हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको अक्सिजनका सिलिण्डर सहित अब डडेल्धुरा अस्पतालमा साना ठूला गरी २ सय भन्दा बढी सिलिण्डर भएकाले अक्सिजनको अभाव नहुने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।

सिलिण्डरको पर्याप्तता भए सँगै आपतकालीनका लागि पनि अक्सिजन भरेर राख्नका लागि सहज हुने अस्पतालले जनाएको छ ।

हाल डडेल्धुरा अस्पतालमा ३७ जना कोरोना भाइरस संक्रमितको बिरामी रहेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ४ : ३० बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका