सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ सम्म « Khabarhub

सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ सम्म


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोक जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञालाई पुनः एकहप्ता थप गरिएको छ ।

कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१ गते राति १२ बजेसम्म निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी निषेधाज्ञा एकहप्ता थपिएको जानकारी दिए । जिल्लामा गत वैशाख २३ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार १४ सम्मका लागि जारी गरिएको थियो ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या हालसम्म दुई हजार दुईसय ४२ पुगेको र सक्रिय सङ्क्रमित एकहजार आठसय ८५ पुगेको छ भने मृतकको सङ्ख्या १८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ७ : २५ बजे

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि