काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लंघन गरे जरिवानादेखि जेल सजायसम्म (आदेशसहित) « Khabarhub

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लंघन गरे जरिवानादेखि जेल सजायसम्म (आदेशसहित)


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा काठमाडौँ उपत्यकामा आजबाट थप कडाइ गरिने भएको छ ।

पहिलो पटक थप गरिएको निषेधाज्ञा गएराति सकिएसँगै आजबाट दोस्रो पटक थप गरिएको निषेधाज्ञा लागू गरिएको हो । यो पटकको निषेधाज्ञा यसअघिको भन्दा थप कडाइ गरिएको छ ।

प्रहरीले विहानैबाट अनावश्यक घरबाहिर ननिस्किन, स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्दै माइकिङ गरिरहेको छ । प्रहरीले निषेधाज्ञाको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ । निषेधाज्ञा उल्लंघन गरे कारबाही हुने भन्दै जानकारी गराइरहेको छ । मोर्निङ वाकमा समेत ननिस्किन आग्रह गरिरहेको छ ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस पटकको निषेधाज्ञा थप कडा बनाइएको जानकारी दिए । नयाँ आदेश अनुसार किराना पसल र डिपार्टमेन्ट स्टोर पनि पूरै बन्द गरिने उनले बताए ।

यसअघि बिहान १० बजेसम्म खुल्न दिएकोमा अनावश्यक भीडभाडले कोरोनाको जोखिम बढ्ने खतरा रहेको हुँदा यो पटकको निषेधामा ती पसलहरुसमेत बन्द गर्न आदेश जारी गरिएको उनले जानकारी दिए । फलफूल, तरकारी, दूध र पानी बेच्ने पसल भने यसअघि झैँ खुल्ने छन् ।

यसैगरी मालवाहक सवारीसाधन आवागमन नियन्त्रण गर्ने, बैंक तथा वित्तीय संस्था सञ्चालनमा कोटा निर्धारण गरिने, स्वास्थ्य र अन्य तोकिएकालाई जुनसुकै बेला र बाँकी अत्यावश्यक दैनिक उपभोग्य र इन्टरनेट सेवासम्बन्धी सवारी राति ९ देखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन हुने लगायत आदेश जारी गरिएको छ ।

अत्यावश्यक बाहेकका सरकारी कार्यालयबाट हुने सेवा पनि स्थगन गरिएको छ। कोरोना जोखिम कायमै रहेको हुँदा नियमको पालना गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य संकटकाल र अन्य कडा प्रावधानसमेत लागू गर्न गत विहीबार कोभिड संक्रमण नियन्त्रण सम्बन्धी अध्यादेश जारी गरेकी थिइन ।

अध्यादेशमा आदेश उल्लंघन वा अटेर तथा काममा अवरोध पुर्‍याए ५ लाखसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय गर्नेसम्मको अधिकार प्रजिअलाई दिइएको छ। मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेक पटक १०० रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गर्नेलाई २ सय जरिवाना गरिने अध्यादेशमा उल्लेख छ ।

त्यस्तै, अनुमतिबिना सवारी चलाएमा दुई पांग्रेको हकमा एक पटकमा २०० रुपैयाँ र चार पांग्रेको हकमा ५०० रुपैयाँसम्म जरिवाना तिराउने अध्यादेशमा उल्लेख छ । आजबाट अनावश्य हिडडुल गर्न समेत नपाइने आदेशमा उल्लेख गरिएको छ ।

यस्तो छ आदेश

यो पनि पढौँ

यस्तो छ कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश (पूर्णपाठसहित)

कोभिड-१९ अध्यादेश पालना नगरे एकवर्ष कैद र पाँच लाखसम्म जरिवाना 

निषेधाज्ञामा विनाकाम सवारी चलाए जरिवाना, कसलाई कति ? 

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै