गर्भावस्थामा भोजन कस्तो हुनुपर्छ ? | Khabarhub Khabarhub

गर्भावस्थामा भोजन कस्तो हुनुपर्छ ?


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी बूढापाकाहरुले गर्भवती स्त्रीलाई फालानो चीज नखानू, गर्मी गर्छ, नोक्सान गर्छ, फलानो चीजले ठण्डा गर्छ खानु हुँदैन जस्ता सल्लाह र अर्ती दिएको सुन्छौँ ।

यस्तै किसिमले कुनै चीजले आयु घटाउँछ भनेर खान दिइँदैन, कुनै चीजले रुघा–खोकी, ज्वरो आदि ल्याउँछ भनेर र कुनैले गर्भपात हुन्छ भनेर खानामा बन्देज लगाइन्छ ।

यस्तै भनाइले गर्दा कुनै ठाउँमा गर्भिणीले सख्खर, चाकु खाँदैनन्, कसैले मह, कसैले तीन, कसैले कुभिण्डो आदि खाँदैनन् ।

विज्ञान र स्वास्थ्यका दृष्टिकोणले गर्भकालमा धेरै मसला, पीरो, अमिलो, धेरै चिल्लो, धेरै नूनिलो खाना खानु हुँदैन । यस बाहेक आफ्नो रुची र पाचनशक्ति अनुसार जे खाए पनि हुन्छ ।

आफूलाई कुन चीजले फाइदा गर्छ कुन चीजले बेफाइदा गर्छ भन्ने कुरा आफ्नो अनुभवले पनि विचार गर्नुपर्छ । यस्तो खाना खानुपर्छ, जुन थोरै खाए पनि धेरै पोषण आओस् र छिटै पचोस् ।

धेरै खानेकुरा काँचो र प्राकृतिक रुपमै खाँदा बेस हुन्छ । जुन खानेकुरा खाँदा कब्जियत हुन्छ त्यो खानुहुँदैन । तरल रुपमा खाना खानु राम्रो हुन्छ ।

कुनै पनि किसिमको धुमपान, मद्यपान, र लागूपदार्थको सेवन गर्नुहुँदैन भने जथाभावी औषधीको प्रयोग गर्नुहुँदैन । पानी धेरै पिउनुपर्छ जसले गर्दा पिसाब धेरै होस् र पिसाबबाट शरीरको काम नलाग्ने चीज बाहिर जाओस् ।

– गर्भावस्थामा आफू र गर्भको बच्चा दुवैजनाका लागि खाना पुर्‍याउनुपर्ने हुनाले अरु बेलाको भन्दा बढी खानु जरुरी छ । शक्तिको हिसाब गर्ने हो भने यस बेलामा अरु बेलाको भन्दा तीन सय क्यालोरी थप शक्ति भएको खाना खानुपर्छ ।

– गर्भिणीले खाएको खानेकुराबाट बच्चा बाँच्ने हुनाले उनको खाना बढी पोषिलो हुनुपर्छ । खानाबाट बालकले उचित मात्रामा प्रोटिन, भिटामिन, खनिज पदार्थ (क्याल्सियम, फस्फोरस, फलाम आदि) र शक्ति पाओस् ।

– आमाको खाना पोषिलो भएमा सुत्केरी भएपछि प्रशस्त दूध आउँछ । खानेकुरा पोषिलो भएन र धेरै मात्र भयो भने उनी मोटाउँछिन् । मोटाएपछि बोसो बढ्छ र बच्चा जन्माउन गाह्रो पर्छ । त्यसैले धेरै घ्यू, तर, खुवा, मिठाइ, आइसक्रिम, तारेको खाना र धेरै मसला खानु हुँदैन ।

– खानामा क्याल्सियमको कमी भएमा बच्चाको शरीरको संरचना राम्रो हुँदैन, हाड र दाँत राम्रो बन्दैन, दाँतमा किरा लाग्छ । आमाको दाँत पनि कमजोर हुन्छ र सुत्केरीमा कपाल झर्छ ।

आमाले खाएको खानेकुराबाट नै बच्चाको क्याल्सियमको पूर्ति हुन्छ तर आमाले खाएको खानेकुराबाट प्रशस्त क्याल्सियम पाउन नसकेमा आमाको शरीरबाट नै भए पनि गर्भे बच्चाले क्याल्सियम सोसेर लिन्छ । क्याल्सियमले पाठेघरलाई बच्चा जन्माउन चाहिने शक्ति दिन्छ । बच्चा जन्मिदा धेरै रगत बग्नबाट बचाउँछ ।
त्यसैले गर्भावस्थामा क्याल्सियमयुक्त खानेकुराहरु बढी खानुपर्छ ।

– रोगबाट लड्नसक्ने क्षमतामा वृद्धि गर्न, दिसापखाला लाग्नबाट रोक्न, आँखा राम्रो देख्न, साससम्बन्धी सङ्क्रमणबाट जोगाउन भिटामिन ‘ए’ को आवश्यकता पर्छ ।

– आयोडिन, आइरन र भिटामिन ‘ए’ प्रशस्त भएमा वृद्धि र विकास राम्रो हुन्छ । उपयुक्त मात्रामा आयोडिन भएमा मानिसको कार्यक्षमता बढ्छ । गर्भवती महिलाहरुमा मरेको बच्चा जन्मिने सम्भावना, स्वतः गर्भपतनको खतरा, बच्चाको दिमाग कमजोर हुने खतरा घट्छ ।

साभार : ‘स्वास्थ्य समस्या र समाधान’ पुस्तकबाट

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ११ : ५९ बजे

स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

काठमाडौं– त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले टस जितेको

सरकारले बेचेको चिया बगान : एकातिर सुकुम्बासी, अर्कातिर संघाई ग्रुप

झापा– पूर्वी नेपालका झापा, इलाम र पाँचथर जिल्ला चिया बगानका

इरानको बैंकमा व्यापक साइबर हमला, सेवा प्रभावित

काठमाडौं– इरानको बैंकमा व्यापक साइबर आक्रमण भएको छ । इरानको

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भरतपुर– पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको

इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी

काठमाडौं– इरानले इजरायलको अमेरिकामा निर्मित अर्को एफ ३५ लडाकु विमान