कतारमा कोरोना संक्रमण घट्दै, आजदेखि रेस्टुरेन्ट पनि खुल्ने « Khabarhub

कतारमा कोरोना संक्रमण घट्दै, आजदेखि रेस्टुरेन्ट पनि खुल्ने



दोहा : रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा कोरोना संक्रमण घट्दै गएपछि कतार सरकारले विभिन्न क्षेत्रमा लगाएको प्रतिवन्धलाई आजबाट क्रमश: हटाउँदै लैजाने भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा कोरोनाको दुवै खोप (भ्याक्सिन) लगाएका व्यक्तिलाई केही खुल्ला गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार रेस्टुरेन्टमा भित्र र बाहिर गरी ३० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाइने, यसैगरी हेल्थ क्लब, फिटनेस सेन्टर, स्पा, पार्लर, सैलुन, सिनेमा लगायतमा कोरोना खोप दुवै डोज लगाएकाले प्रवेश पाउने जनाएको छ ।

पुस्तकालय तथा ड्राइभिङ स्कुलहरू ३० प्रतिशत क्षमतामा खोली सञ्चालन गर्न पाइनेछ । साथै व्यक्तिगत डुङ्गामा १५ जनासम्म चढ्न पाइने छ भने, खुला क्षेत्रमा १० जनासम्म भेला हुन् पाउने छन् ।

पछिल्लो २४ घण्टामा थप २८६ जना नयाँ संक्रमित थपिएका छन्। योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १६ हजार ६८३ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामै थप १५२ जना संक्रमण मुक्त भएका छन् । योसँगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १२ हजार ४८ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ५५२ जानको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

अहिले कतारमा ४ हजार ८३ वटा ‘एक्टिभ’ केस रहेका छन् भने २३६ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये १४७ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म २४ लाख ४० हजार ९३० जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । कतारी नागरिक सहित आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप दिइरहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : ०५ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले