कतारमा कोरोना संक्रमण घट्दै, आजदेखि रेस्टुरेन्ट पनि खुल्ने « Khabarhub

कतारमा कोरोना संक्रमण घट्दै, आजदेखि रेस्टुरेन्ट पनि खुल्ने



दोहा : रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा कोरोना संक्रमण घट्दै गएपछि कतार सरकारले विभिन्न क्षेत्रमा लगाएको प्रतिवन्धलाई आजबाट क्रमश: हटाउँदै लैजाने भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा कोरोनाको दुवै खोप (भ्याक्सिन) लगाएका व्यक्तिलाई केही खुल्ला गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार रेस्टुरेन्टमा भित्र र बाहिर गरी ३० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाइने, यसैगरी हेल्थ क्लब, फिटनेस सेन्टर, स्पा, पार्लर, सैलुन, सिनेमा लगायतमा कोरोना खोप दुवै डोज लगाएकाले प्रवेश पाउने जनाएको छ ।

पुस्तकालय तथा ड्राइभिङ स्कुलहरू ३० प्रतिशत क्षमतामा खोली सञ्चालन गर्न पाइनेछ । साथै व्यक्तिगत डुङ्गामा १५ जनासम्म चढ्न पाइने छ भने, खुला क्षेत्रमा १० जनासम्म भेला हुन् पाउने छन् ।

पछिल्लो २४ घण्टामा थप २८६ जना नयाँ संक्रमित थपिएका छन्। योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १६ हजार ६८३ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामै थप १५२ जना संक्रमण मुक्त भएका छन् । योसँगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १२ हजार ४८ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ५५२ जानको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

अहिले कतारमा ४ हजार ८३ वटा ‘एक्टिभ’ केस रहेका छन् भने २३६ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये १४७ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म २४ लाख ४० हजार ९३० जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । कतारी नागरिक सहित आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप दिइरहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : ०५ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण