सबै नागरिकलाई खोप उपलब्ध गराउन सरकार प्रयत्नशील –प्रधानमन्त्री ओली « Khabarhub

सबै नागरिकलाई खोप उपलब्ध गराउन सरकार प्रयत्नशील –प्रधानमन्त्री ओली

'चुनाव हुन्छ, विकास रोकिन्न'


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि हरेक नागरिक सिपाहीको रुपमा रहनु पर्ने बताएका छन् ।

सबै क्षेत्रको सहकार्यले मात्र महामारी नियन्त्रण सम्भव हुने भन्दै उनले प्रत्येक नागरिक महामारीविरुद्धका सिपाहीका रुपमा प्रस्तुत हुनु पर्ने बताए ।

आफ्नो गृहनगर झापा दमकस्थित दमक बहुमुखी क्याम्पस भवनको भर्चुअल रुपमा शिलान्यास गर्दै उनले महामारी नियन्त्रण गर्न सरकार लागि रहेको बताए ।

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलव्ध गराउन सरकार प्रयत्नशिल रहेको भन्दै उनले विभिन्न देशमार्फत खोप ल्याउने काम भईरहेको बताए । सो क्रममा उनले दमकका छिट्टै अक्सिजन प्लान्टसमेत निर्माण हुने र निर्माणाधिन दमक अस्पतालको भवनमा उपकरणको अभाव हुन नदिने बताए ।

चुनाव हुन्छ, विकास रोकिन्न

सरकारले चुनावको मिति घोषणा गरिसकेकाले हुन्छ र हुँदैन भन्ने अलमलमा पर्न नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो । चुनाव हुने भनेपछि केही तत्व विकास निर्माणका काम ठप्प पार्नु पर्छ भनेर लागि रहेको भन्दै ओलीले त्यो सम्भव नहुने र सरकार निरन्तर जनताका काममा लाग्ने बताए ।

सरकारले जनताबीचमा लोकप्रिय हुने विभिन्न काम गरेको भन्दै उनले सरकारको लोकप्रियताबाट आतिएकाले नै विकास निर्माण ठप्प पार्नु पर्छ भनेर हल्ला चलाई रहेको टिप्पणी गरे ।

यस अघि सरकारले विभिन्न वृहत योजनाहरु शिलान्यास एवम् उद्घाटन गरेको भन्दै क्याम्पसको भवन पनि निर्धारित समयमानै पूरा गराउन सवै पक्ष लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

१० करोडमा २४ कोठे भवन
दमकको सबैभन्दा ठूलो सामुदायीक क्याम्पस दमक बहुमुखी क्याम्पसमा १० करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण शुरु भएको हो । दमक नगरपालिकामार्फत सो रकम प्राप्त भएको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले जनाएकी छन् ।

२४ कोठे भवन ३ ओटा ब्लकको हुने छ । प्रधानमन्त्री ओलीले भर्चुअल शिलान्यास गरेको कार्यक्रमका लागि नगरप्रमुख रोमनाथ ओली तथा अन्य जनप्रतिनिधीहरु क्याम्पस प्राङ्गणमा पुगेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  २ : २१ बजे

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज