नेपालको आर्थिक वृद्धिदर चालु वर्षमा पनि लक्ष्यअनुसार नपुग्ने अनुमान « Khabarhub

नेपालको आर्थिक वृद्धिदर चालु वर्षमा पनि लक्ष्यअनुसार नपुग्ने अनुमान



काठमाडौँ– सरकारले चालू आर्थिक वर्षको वृद्धिदर भेटाउन मुस्किल पर्ने जनाएको छ । आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो आर्थिक वर्षमा ऋणत्मक रहेको नेपालको आर्थिक वृद्धिदर कोरोना कारण यसपाली भेटाउन समेत मुस्किल पर्ने जनाएका हुन् ।

आर्थिक वर्ष २०७६/०७७ मा पछिल्लो दुई दशकयताकै कम २ दशमलव १२ प्रतिशतले ऋणत्मक रहेको अबस्थामा अहिलेको लक्ष्य रहेको ४ दशमलव ०१ प्रतिशत समेत भेटाउन चुनौतीपूर्ण रहेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

स्वास्थ्य संकटको अबस्थामा सुधार हुने अपेक्षासहित आर्थिक वृद्धिदर ४ दशमलव ०१ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको भएपनि वृद्धिदर भेट्टाउन मुस्किल बनेको हो ।

कोरोनाका कारण पीसीआर परीक्षण र निःशुल्क उपचार गरिएको उनले जानकारी दिए । धानको उत्पादन १ दशमलव ३ प्रतिशतले बढेको छ । राष्ट्रिय जिडिपी ४२ खर्ब ६६ अर्ब ३२ अर्ब रहेकोमा बाग्मती प्रदेशको बढि र कर्णालीप्रदेशको सबैभन्दा कम रहेको छ ।

चालू आर्थिक वर्षमा १८ दशमलव १ प्रतिशतले बढेर १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान सार्वजनिक गरेको हो । ५ दशमलव ८ प्रतिशले बढेर १ हजार १ सय ९१ अमेरीकी डलर पुगेको अनुमान मन्त्रालयले सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ३ दशमलव ५ प्रतिशतले मुल्यवृद्धि भएको जनाइएको छ । तर अघिल्लो वर्ष भने ६ दशमलव ५ प्रतिशत मूल्यवृद्धि रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बजेट घाटा ६५ दशमलव ५ प्रतिशतले बढेर २९ अर्ब १६ करोड पुगेको छ । चालू आर्थिक वर्षको फागनुसम्म ५ खर्ब १ अर्ब ९७ करोड राजश्व संकलन भएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म सरकारी खर्च ६ दशमलव ४ घटेर ५ खर्ब ७१ अर्ब ७७ करोड पुगेको छ । त्यस्तै नेपालले तिर्न बाँकी ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । कूल जीडीपीको ३७ दशमलव ३ प्रतिशत ऋण रहेको तथ्याङ्क सार्वजनिक गर्दै अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा आन्तरिक ऋण मात्रै १ खर्ब १२ अर्ब ५२ करोड तिर्न बाँकी रहेको जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार आयत २ प्रतिशतको हाराहारीमा बढेर गत फागुनसम्म ९ खर्ब ४३ अर्ब ९९ करोड बराबरको आयात भएको छ भने निर्यात भने ८० अर्ब ७८ करोडको मात्रै भएको छ । झण्डै साढे ८ खर्ब रुपैया व्यापारघाटा भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

६८ अर्ब सोधनान्तर बचत रहेकोमा चालु खाता भने १ अर्ब ४८ अर्ब ६८ अर्बले घाटामा रहेको मन्त्रालयले सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षमा ७ अर्ब ४८ विदेशी अनुदान र ८५ अर्ब २ करोड ९१ अर्ब ५० करोड विकास सहायता परिचालन भएको छ । मन्त्रालयका अनुसार ५० अर्ब ३८ करोड र अनुदान र ९ अर्ब ७१ करोड गरी ६० अर्ब ९ करोड ऋण प्रयोग भएको जनाएको छ ।

मन्त्रालयका चालू आर्थिक वर्षमा ६४ अर्ब १९ करोढ बराबरको विदेशी लगानी स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ । बैक तथा वित्तिय संस्थामा चालू आर्थिक वर्षमा ४२ खर्ब ६० अर्ब ४७ करोड निक्षेप संकलन भएकोमा ३८ खर्ब ४६ अर्ब ३१ करोड कर्जा प्रवाह भएको अर्थ मन्त्रालयले जनाएको छ ।

फागुनसम्म १४ खर्ब ३६ अर्ब ५४ करोड सञ्चिति रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  २ : ५५ बजे

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार