‘गुराँस’ले जित्यो १० हजार यूराेकाे हुबर्ट बल्स फण्ड « Khabarhub

‘गुराँस’ले जित्यो १० हजार यूराेकाे हुबर्ट बल्स फण्ड


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सौरभ राईले निर्देशन गर्न लागेको फिल्म ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्डअन्तर्गत १० हजार यूरो रकमको हुबर्ट बल्स फण्ड जितेको छ ।

नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मलाई नेपालमा आइसफल प्रोडक्सनले निर्माण गर्दैछ ।

आइसफल प्रमुख रामकृष्ण पोखरेलले फिल्मले १४ लाख बराबर रकम प्राप्त गरेको बताए । हुबर्ट बल्सले ‘गुराँस’सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तानलगायत १० देशका फिल्मलाई फन्ड उपलब्ध गराएको हो ।

कालिम्पोङ मुलथलो भएको नेपालीभाषी सौरभको यो दोस्रो फिचर फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ले ‘मुम्बई फिल्म फेस्टिभल’को सबैभन्दा ठूलो पुरस्कार ‘ग्रान्ड प्राइज’जितेको थियो । यो फिल्मको वल्र्ड प्रिमियर नेदरल्यान्डको प्रतिष्ठित फिल्म फेस्टिभल रोट्रेड्याममा भएको थियो ।

योभन्दा अघि उनले बनाएको सर्ट फिल्म ‘गुँड’ क्यान्सको सिने फाउन्डेसनमा छनोट भएको थियो । निर्माता पोखरेलले फिल्ममा दुई वर्षदेखि काम भइरहेको र हुबर्ट बल्सको फन्डसँगै यसले गति पाउने बताए ।

फिल्ममा आइसफलसँगै क्राउलिङ एन्जलको पनि निर्माण साझेदारी रहनेछ । यो बाहेक संजय गुलाटी पनियो फिल्मको निर्माणमा साझेदार रहनेछन् ।

आइसफलले यसअघि निर्माण गरेको ‘ऐना झ्यालको पुतली’प्रदर्शनको पर्खाइमा छ । सुजित बिडारीको निर्देशन रहेको यो फिल्म दक्षिण कोरियाको बुसानको मुख्यप्रतिस्पर्धामा छनोट भएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ३ : २० बजे

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको