भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता « Khabarhub

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज — बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने तीनविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकाहरूविरुद्ध प्रहरीले मुद्दा दर्ता र अस्पतालमा सुरक्षा व्यवस्था मजुबत गराउने प्रतिबद्धतापछि अस्पतालका स्वास्थ्यकर्मीहरूको आन्दोलन रोकिएको छ ।

दाङका डिल्ली रावतको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले ड्युटीमा खटिएका डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

बाँके प्रहरीले तीनै जनालाई बिहीबार राति नै नियन्त्रणमा लिएको थियो । प्रहरीले शुक्रबार उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बाँके प्रहरीका प्रवक्ता सुवास खड्काले जानकारी दिए ।

भेरी अस्पतालमा डाक्टर र नर्समाथि भएको हातपातको विरोधमा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ८ : १५ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार