भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता | Khabarhub Khabarhub

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज — बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने तीनविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकाहरूविरुद्ध प्रहरीले मुद्दा दर्ता र अस्पतालमा सुरक्षा व्यवस्था मजुबत गराउने प्रतिबद्धतापछि अस्पतालका स्वास्थ्यकर्मीहरूको आन्दोलन रोकिएको छ ।

दाङका डिल्ली रावतको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले ड्युटीमा खटिएका डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

बाँके प्रहरीले तीनै जनालाई बिहीबार राति नै नियन्त्रणमा लिएको थियो । प्रहरीले शुक्रबार उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बाँके प्रहरीका प्रवक्ता सुवास खड्काले जानकारी दिए ।

भेरी अस्पतालमा डाक्टर र नर्समाथि भएको हातपातको विरोधमा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ८ : १५ बजे

एसएस राजामौलीको फिल्ममा हलिउड निर्देशक जेम्स क्यामरुन 

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार महेश बाबु हाल चर्चित निर्देशक एस.एस.

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ

खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङ– साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत

तीजमा कस्तो दर कसरी खाने ?

काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको दर

आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन

चितवन– आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ