प्रधानमन्त्रीको सम्बोधनप्रति बाबुरामको टिप्पणी : अति गरे खति हुन्छ ! « Khabarhub

प्रधानमन्त्रीको सम्बोधनप्रति बाबुरामको टिप्पणी : अति गरे खति हुन्छ !


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा आज गरेको सम्बोधन र प्रतिपक्षीप्रतिको अभिव्यक्तिलाई ‘जो चोर उसकै ठूलो स्वर’ भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीको सम्बोधनलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्रीको सम्बोधनलाई अवैधानिक ‘वार्षिक नीति तथा कार्यक्रम’ वाचन, त्यसभित्रका असत्य र अर्धसत्य दाबी र प्रतिपक्षी दल तथा नेतामाथि दुराशयपूर्ण कटाक्ष भएको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्रीको सम्बोधनका विषयमा ‘अति गरे खति हुने’ बताउँदै कुराले ‘चिउरा भिज्दैन’ भनी टिप्पणी गरेका छन् ।

उनले ट्वीटरमा यस्तो लेखेका छन्-

अन्यथा अर्थ नलागोस्-अवैधानिक/असंवैधानिक ढंगले कुर्सीमा टाॅसिइरहनुभएका प्रम ओलीको यो अवैधानिक ‘बार्षिक नीति तथा कार्यक्रम’ वाचन र त्यसभित्रका असत्य/अर्धसत्य दावी र प्रतिपक्षी दल/नेतामाथि दुराशयपूर्ण कटाक्ष’जो चोर उसको ठुलो स्वर’जस्तो लाग्यो ! कुराले चिउरा भिज्दैन !अति गरे खति हुन्छ !

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ८ : ०१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज