मुस्ताङ र बाग्लुङमा निषेधाज्ञा थपियो | Khabarhub Khabarhub

मुस्ताङ र बाग्लुङमा निषेधाज्ञा थपियो


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमणको दोस्रो भेरियन्ट फैलिने क्रम कायमै रहेको भन्दै गण्डकी प्रदेश अन्तर्गतका मुस्ताङ र बाग्लुङमा निषेधाज्ञा थप गरिएको छ ।

दुवै जिल्लामा तेस्रो पटक निषेधाज्ञा थप गरिएको छ । यसअघि नवलपुर र कास्की जिल्लाले पनि निषेधाज्ञा थप गरिसकेको छ ।

मुस्ताङमा यसअघि बैशाख ३० गते जारी गरिएको निषेधाज्ञा दोश्रो पटक जेठ १५ गते राति १२ बजेसम्म कायम गरिएको थियो । तेस्रो पटक आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

कोभिड संकटग्रष्त क्षेत्र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिका भित्र लागु हुने गरी निषेधाज्ञा लागू गरिएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् ।

जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति मुस्ताङले निषेधाआज्ञाका कारण संक्रमण न्यूनिकरण हुँदै गइरहेको निश्कर्ष निकाल्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

मुस्ताङको जोमसोममा रहेको एक मात्र जिल्ला अस्पतालमा आईसीयू, भेन्टिलेटर तथा आवश्यक जनशक्तिको समेत अभाव हुँदा गम्भीर अवस्थाका विरामीलाई पोखरा ल्याउनुपर्ने बाध्यता छ । मुस्ताङमा कोरोना संक्रमण दोस्रो लहर शुरु भएपछि मात्रै ८ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, बागलुङ जिल्लामा पनि अरु एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को आजको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

बागलुङमा गत बैशाख २१ गतेदेखि जारी गरिएको निषेधाज्ञा दोस्रो पटक जेठ १५ गते राती १२ बजेसम्म तोकिएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : ३० बजे

पुसमा नियमित महाधिवेशन हुनुपर्नेमा कांग्रेस गोरखाको जोड

गोरखा– नेपाली कांग्रेस जिल्ला समिति, गोरखाले आगामी पुसमा नियमित महाधिवेशन

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर भब्य रुपमा सम्पन्न

काठमाडौं– सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा