देशभर ११ हजार स्थानमा सीसीटिभी « Khabarhub

देशभर ११ हजार स्थानमा सीसीटिभी


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकमा अपराध अनुसन्धान नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न आधुनिक प्रविधिको अधिकृतम उपयोगमा जोड दिइएको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणानुसार आव २०७७/७८ फागुनसम्ममा प्रविधि अधिकतम उपयोग गर्ने लक्ष्यानुरुप झण्डै ११ हजार सार्वजनिक स्थानमा सीसीटिभी जडान गरी सुरक्षको निगरानी थालिएको छ ।

दोस्रो चरणको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनानुरुप करीब तीन हजार जनशक्तिलाई तालीम प्रदान गरिएको जनाइएको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक सञ्चार एप्स निर्माण गरी १९ सुरक्षाचौकीमा प्रयोग गरिएको छ । घटना दुर्घटनाको भौतिक सबुद प्रमाणको परीक्षण, विशेषज्ञबाट बकपत्र, पोलिग्राफ परीक्षण, औँठा छापको अभिलेख राख्दै जाने योजनानुसार उक्त आवको फागुनसम्म ८५७ पोलिग्राफ परीक्षण गरिएको र साइबर ब्युरोबाट विद्युतीय कारोवारसम्बन्धी ५० मुद्दाको अनुसन्धान सम्पन्न भएको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिमा चेतनामूलक कार्यक्रममा समेत जोड दिइएको छ । उक्त अवधिमा झण्डै १६ लाखलाई प्रशिक्षित गराइएको छ । लैंगिक हिंसासम्बन्धी दुई हजार २८३ मुद्दा दर्ता भएकामा एक हजार ८१४ फर्छ्योट गरिएको सर्वेक्षणमा उल्लेख छ ।

नेपाल भित्रिने र बाहिरिने सबै विदेशीको जैविक सूचनासहितको विवरण राख्ने गरी नेपाली पोर्ट नामक अध्यागमन सूचना प्रणाली कार्यान्वयनमा ल्याइएको छ ।

विदेशीस्थित ३९ नेपाली नियोगबाट समेत नेपाली पोर्टमार्फत प्रवेशाज्ञा जारी गर्न शुरु गरिएको जनाइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै आउने विदेशी पर्यटकका लागि अध्यागमन प्रक्रिया सहजीकरण गर्न सुरक्षा गार्ड तथा प्रशिक्षार्थी विद्यार्थीसमेत परिचालन गरी व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा लागूऔषध प्रयोगकर्ताको सर्वेक्षण सम्पन्न गरिएको र वार्षिक औसत ५.०६ प्रतिशतले प्रयोगकर्ताको संख्या वृद्धि भई कुल एक लाख ३० हजार ४२४ पुगेका छन् जसमा ९३ प्रशित बढी पुरुष छन् ।

विपद् व्यवस्थापनका लागि नेपालका सबै जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन प्रतिकार्ययोजना तयार भएको र ६६ जिल्लामा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ९ : ४५ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी