नेपाल र इराकको मैत्रीपूर्ण फुटबल खेल आज « Khabarhub

नेपाल र इराकको मैत्रीपूर्ण फुटबल खेल आज


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।

फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध नेपालले बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा राति १०:१५ बजे खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छ ।

फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३औँ स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८औँ स्थानमा छ । नेपाल १ सय ७१औँ स्थानमा छ ।

इराकविरुद्धको खेल कुवेती प्रो लाईसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको पहिलो खेल हुनेछ । उनी औषत २३ वर्षका खेलाडी बोकेर इराक पुगेका छन् । यहि टोलीले विश्वकप छनोटका बाँकी ३ खेल खेल्नेछ ।

नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले जितेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : ४० बजे

ड्रोनबाट यस्तो देखियो टियू मैदानमा नेपाल र युएइबीचको खेल (तस्बिरहरू)

काठमाडौं– नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिजअन्तर्गत आज

राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आआफ्नो ओहोदाको

स्थापनाको ४०औँ वर्षमा पशुपति क्षेत्र विकास कोष

काठमाडौं– पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास

थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचित

काठमाडौं– मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ

अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण

इस्लामावाद- अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणअघि पाकिस्तानमा गतिविधि तीव्र बनेको छ। रावलपिन्डीस्थित