विवाहपछि काजलले आधा घटाइन् पारिश्रमिक « Khabarhub

विवाहपछि काजलले आधा घटाइन् पारिश्रमिक


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री काजल अग्रवालले केही समय अघि गौतम किचलूसँग विवाह गरिन् । फिल्म उद्योगमा कोही अभिनेत्रीको विवाह भयो भने उनीहरुले कम फिल्म पाउछन् भन्ने मान्यता छ ।

बलिउड लाइफका अनुसार काजलको हकमा पनि यो मान्यता लागु भएको छ । विवाहपछि काजललाई फिल्मको धेरै अफर आउन छोडेको छ । जसकारण उनले पारिश्रमिक घटाउने निर्णय लिएकी छन् ।

काजलले राम्रा प्रोजेक्ट आफ्नो हातमा पार्नका लागि आधा पारिश्रमिक घटाउने निर्णय लिएकी हुन् । काजलका लागि यो निर्णय लिनु त्यति सजिलो नभए पनि राम्रो फिल्मको अफर हातबाट उम्कने डरले उनले यो ठूलो निर्णय लिएकी हुन् ।

कामको कुरा गर्दा काजल अभिनेता चिरञ्जीवीको फिल्म ‘आचार्या’मा प्रमुख भूमिकामा देखिँदैछिन् । राम चरणले निर्माण गरेको यो फिल्मको निर्देशन शिवाले गरेका छन् । फिल्ममा पूजा हेगडें पनि प्रमुख भूमिकामा छिन् ।

यो फिल्मबाहेक उनी कमल हासनको ठूलो बजेटको फिल्म ‘इण्डियन २’मा पनि देखिँदैछिन् । यो फिल्मको निर्देशन शंकरले गर्दैछन् ।

फिल्मलाई लिएर केही दिन यता निकै विवाद देखिएको छ । यो विवादको मामला अदालतसम्म पुगेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ४५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु