विवेकशील साझाका पूर्वअध्यक्ष थापाको सबै उपचार खर्च बीएण्डसीले व्यहोर्ने « Khabarhub

विवेकशील साझाका पूर्वअध्यक्ष थापाको सबै उपचार खर्च बीएण्डसीले व्यहोर्ने


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेको छ।

मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा आर्थिक सहयोग आह्वान भएपछि बीएण्डसीले एक विज्ञप्ति जारी गर्दै सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेको हो।

‘नेपालमा गणतन्त्र स्थापनामा लाग्नुभएका एक असल सामाजिक अभियन्ता उपचारमा रहनुभएको र उहाँको उपचारमा सहयोग संकलनको आह्वान भएको समाचार आएकाले हामीले सबै उपचार खर्च व्यहोर्ने घोषणा गरेका हौँ,’ बिएण्डसीका अध्यक्ष दुर्गा प्रसाईंले विज्ञप्तिमा भनेका छन्, ‘यो हाम्रो सामाजिक उत्तरदायित्व हो र उपचार खर्चको अभावमा कुनै पनि नेपालीले अकालमा मर्नु नपरोस् भन्ने हाम्रो मूल मान्यता हो।’

थापा मेडिसिटीको सघन उपचार कक्ष भेन्टिलेटरमा उपचाररत् छन्। उनको उपचार खर्च जुटाउन आर्थिक सहयोग आह्वान गरिएको थियो।

अस्पतालले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ११ : ५७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब