नेपालका सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण « Khabarhub

नेपालका सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज वैशाख २३ गते । सोमबार(आज) प्रकाशित नयाँ पत्रिका दैनिकको मुख्य पृष्ठमा विभिन्न शीर्षकका समाचार प्रकाशन भएका छन् ।

यातायात कार्यालयमा भ्रष्टाचार, पाँच वर्षमा १२३ विरुद्ध मुद्दा शीर्षकको समाचारलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । समाचारमा महानिर्देशकविरुद्ध अकुत सम्पत्तिको मुद्दा चलाइएपनि घुससहित पक्राउ परेका उनलाई विशेष अदालतले सफाइ दिइएको जनाइएको छ । त्यस्तै लेखापालले ६१ करोडको राजश्व हिनामिना गरेको समाचारमा जनाइएको छ ।

त्यस्तै गरि नीति तथा कार्यक्रममा सत्तापक्षकै सांसदको विरोध शीर्षकमा अर्को समाचार प्रकाशन भएको छ ।

त्यस्तै गरि दुई हजार सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण शीर्षकको अर्को समाचार प्रकाशन भएको छ ।
समाचारमा भनिएको छ–आइतबार दिनभरजसो सरकारी वेबसाइटहरु खुल्न सकेनन् ।

एकसाथ सर्भर डाउन हुँदा वैदेशिक रोजगार, राहदानी, राजश्व, मालपोत लगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुपर्यो। एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाई प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो ।

चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले पत्ता लगाएको छ । त्यसोत चार दिनदेखि लगातार सरकारी वेबसाइटमाथि आक्रमण प्रयास भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ४८ बजे

सुनको मूल्य १८ सय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आईतबार) सुनको मूल्यमा गिरावट आएको छ

संविधान संशोधनमा अहिल्यै हतार नगरौँ: एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले संविधान संशोधन

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक