इराकसँग नेपाल ६–२ गोलले पराजित, मनिषको डेब्यु खेलमै गोल « Khabarhub

इराकसँग नेपाल ६–२ गोलले पराजित, मनिषको डेब्यु खेलमै गोल


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घरेलु टिम इराकविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६-२ गोल अन्तरले पराजित भएको हो ।

इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे ।

नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे । खेलको सातौं मिनेटमा कप्तान खासिनले २५ यार्डबाट फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर, आठौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । अन्जन बिष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका खलाफले आत्मघाती गोल गरेका हुन् ।

खेलको २९ औं मिनेटमा मनिषको गोलबाट नेपालले २-१ को अग्रता बनायो । सन्तोष तामाङको पासलाई सदुपयोग गर्दै इराकी गोलकिपर अघि बढेको अवस्थामा मनिषले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे । उनको यो डेब्यु खेलमा डेब्यु गोल हो । ३९ औं मिनेटमा मोहमद अब्दुल्जाराले हेडरमार्फत गोल गर्दै इराकलाई २-२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि इराकले नेपालविरुद्ध लगातार गोल गर्‍यो । पहिलो हाफको इन्जुरी समयमा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४-२ को अग्रता दिलाए ।

खेलको ६७ औं मिनेटमा मोहनद अलिले गोल गरेपछि इराक ५-२ ले अघि रह्यो । सुमन अर्यालको ब्याक पास नियन्त्रणमा लिदै उनले गोल गरे । त्यसपछि खेलको ७५ औं मिनेटमा सजाद जासिमले गोल गर्दै इराकलाई ६-२ को फराकिलो जित दिलाए ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

अब नेपाली टिम आइतबार सडकको बाटो हुँदै विश्वकप छनौटका लागि कुवेत जानेछ । कुवेतमा नेपालले जुन ३ मा चाइजीन ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा इराकसँग खेल्नेछ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १२ : ३८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै