'यास' चक्रवातको प्रभाव कायमै, केही प्रदेशमा भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

‘यास’ चक्रवातको प्रभाव कायमै, केही प्रदेशमा भारी वर्षाको सम्भावना


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘यास’ चक्रवातको प्रभावले आज पनि मुलुकभरको मौसममा बलदी भएको छ ।

चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको असरले प्रदेश १, प्रदेश-२, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक/दुई  स्थानमा  हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो र राति केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

चक्रवातको असरले मंगलबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

ठाउँठाउँमा भारी वर्षापछि हिलोबाटो, हिलेभिरपाखा,अवरुद्ध यातायात र संचार, पहिरो, बाढी, जमिन कटान आदीबाट बच्न/बचाउन र आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ १६ गते आइतबार

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ वाग्मती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन /चट्याङ्ग /हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का  एक/ दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

जेठ १७ गते सोमबार

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेशका १ का एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ ।

जेठ १८ गते मंगलबार

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेशका ५ को एक/ दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति: देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेशका ५ को एक/ दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ६ : ५५ बजे

बालुवाटार बैठकमा जेन्जीको प्रस्तावमा जेनजीकै खण्डन

काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार, दल र जेनजीका

बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बिहीबार अपराह्नदेखि

साढे ४ घण्टा बसेर सकियो सरकार, दल र जेनजीको संयुक्त बैठक

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सरकार, राजनीतकि दल र

सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी

बालुवाटार बैठकमा राप्रपाः मुलुकले अब अर्काे विद्रोह थेग्न सक्दैन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अब मुलुकले अर्काे विद्रोह थेग्न