एनआरएनए साउदीद्वारा राजदूत राजपूतलाई बिदाई | Khabarhub Khabarhub

एनआरएनए साउदीद्वारा राजदूत राजपूतलाई बिदाई


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीका बीच गैर आवासीय नेपाली संघ (एनआरएनए)साउदीले त्यहाँका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपूतलाई बिदाई गरेको छ ।

राजदूत राजपुतलाई कोरोना महामारीलाई मध्यनजर गरी रियादस्थित नेपाली दूतावास प्रांगणमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार बिदाई कार्यक्रममा राजपुतलाई एनआरएनए साउदीले दोसल्ला ओढाएर सम्मान तथा मायाको चिनो र प्रसंशापत्र हस्तान्तरण गरेका थिए ।

आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कने तयारीमा रहेका उनले नेपाली श्रमिक तथा नेपाली समुदाय र सामाजिक संघ संस्थाहरू संग सहयात्रा अविस्मरणीय रहेको बताएका थिए ।

उनको ठाउँमा नेपाल सरकारले कपिलबस्तुका मेराज मुसलमानलाई नयाँ राजदूत सिफारिस गरेको छ । कार्यक्रमका सभाध्यक्ष एवं गैरआवासीय नेपाली संघ साउदीका अध्यक्ष तेज थापाले संघको सबै तह र समिति लगायत साउदी अरबमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरुको तर्फबाट उनको स्वदेश फिर्ती र भविष्यमा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा श्रम काउन्सेलर जीवन राई, महावाणिज्य दूतावास जेद्धाका महावाणिज्यदूत शत्रुघन पोखरेल, एनआरएन सदस्य नारायण पासवान, साउदीका संस्थापक सदस्य एवं संरक्षक राजु सैयदले शुभकामना मन्तव्य राखेका थिए । उनी आफ्नो कार्यकाल पूरा गरि यहि बुधबार स्वदेश फर्किने तयारीमा रहेको एनआरएनएले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १२ : ०५ बजे

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न