बजेटमा सुरुङ नै सुरुङ | Khabarhub Khabarhub

बजेटमा सुरुङ नै सुरुङ


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पृथ्वी राजमार्गको नागढुङ्गामा सुरुङ मार्ग निर्माण आरम्भ भएसँगै देश सुरुङ मार्गको युगमा प्रवेश गरेको सरकारको ठहर छ ।

यससँगै आधुनिक सरुङ मार्ग  नेपालका लागि सपना नभई वास्तविकतामा रूपान्तरित हुन थालेको पनि सरकारको ठहर छ ।

अब बन्ने सडकमा सुरुङ प्रविधिको प्रयोग महत्वका साथ अवलम्बन गरिने भएको छ ।

काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङ मार्ग निर्माण कार्यलाई तीव्रता दिएर दुई वर्षभित्रमा सञ्चालनमा ल्याइने भएको छ । यस आयोजनाका ९ अर्ब ८५ करोढ रुपैयाँ छुट्याइएको छ ।

निर्माणाधीन नागढुङ्गामा सुरुङ मार्गबाट उत्साहित भएको सरकारले थप १६ वटा सुरुङ मार्गको योजना अघि सारेको छ । चार वटा सुरुङ मार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमै शुरू हुनेछ ।

आगामी आर्थिक वर्ष सिद्धार्थ राजमार्गको सिद्धबाबा—दोभान, दोलखाको लामाबगर—लाप्चे र  धरान—धनकुटा सडक खण्डको धरान—लेउती सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरेको जनाइएको छ ।

काठमाडौँ कोटेश्वरको तीनकुने—जडिबुटी खण्डमा पनि आगामी आर्थिक वर्षमै सुरुङ मार्ग निर्माण शुरू हुने भएको छ । यसका लागि एक अर्ब ८० करोड रुपैयाँ छुट्याइएको छ ।

यसैगरी टोखा—छहरे—गुर्जुभज्याङ, वेत्रावती—स्याफ्रुवेशी, खुर्कोट—चियाबारी र थानकोट—चित्लाङ सरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य पनि आगामी आर्थिक वर्षमै प्रारम्भ गर्ने जनाइएको छ ।

पृथ्वी राजमार्गको मझिमटार—शक्तिखोर, पोखरा—बाग्लुङ राजमार्गको हेम्जा—नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ—वाङसिङ, पूर्व–पश्चिम राजमार्गको दुम्कीवास–वर्दघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने भएको छ ।

कोहलपुर—सुर्खेत राजमार्गको बबई—छिन्चु, सुर्खेत—दैलेख सडकको सियाकोट—कपासे, पाल्पा—तम्घास सडकको प्रभास—जोर्ते र बीपीनगर–दिपायल खण्डमा पनि सरुङमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमै सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : २५ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं