५६ वर्षीय बेलायती प्रधानमन्त्री बोरिसले गरे ३३ वर्षकी प्रेमिका क्यारीसँग विवाह « Khabarhub

५६ वर्षीय बेलायती प्रधानमन्त्री बोरिसले गरे ३३ वर्षकी प्रेमिका क्यारीसँग विवाह


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विवाह गरेका छन् ।

५६ वर्षीय बोरिसले शनिबार एकदमै थोरै मानिसहरूलाई बोलाएर ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग विवाह गरेको बीबीसीले जनाएको छ ।

यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएपछि बोरिसले सिमोन्ड्सलाई विवाह गरेका हुन् । उनीहरुबीच सन् २०१८ देखि नै सम्बन्ध रहेको जनाइएको छ ।

उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए । गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन्।

वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख छ ।

जोन्सनको विवाह एकदमै गोप्य राख्ने कोशिस गरिएको थियो । विवाहबारे प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई थाहा नदिइएको जनाइएको छ ।

विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : ४० बजे

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर, किरा लाग्ने समस्या बढ्दै

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता