कोभिडविरुद्धको खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न त्रिविको आग्रह « Khabarhub

कोभिडविरुद्धको खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न त्रिविको आग्रह


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ खोप लगाउन नपाएका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूलाई स्वेच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ ।

नेपाल सरकारले विगतका दिनहरूमा कोभिड १९ को पहिलो र दास्रो डोज खोपको लगाउन नपाएका व्यक्तिहरूका लागि अनलाइन माध्यमबाट कोभिड १९ को पहिलो डोज खोपको लागि स्वैच्छिक आवेदन फारम भर्ने भराउने कार्य शुरु गरेको हुँदा त्रिविले उक्त आग्रह गरेको हो ।

खोप नलगाएका त्रिविमा अध्ययन, अध्यापन र व्यवस्थापन कार्यमा संलग्न शिक्षक कर्मचरी र विद्यार्थीलाई नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेब पेजमा गई तोकिएका बमोजिम फारम भर्न त्रिविले अनुरोध गरेको छ ।

त्रिविले शनिबार एक सूचना जारी गर्दै विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले विश्वविद्यालयमा अपुरणीय क्षति पुर्‍याएको भन्दै खोप लगाउन छुटेका सबैलाई खोपको लागि फारम भर्न आग्रह गरेको हो ।

महामारीबाट सुरक्षित रहन नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्डहरू अनिवार्य रुपमा पालना गर्न गराउने आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबैलाई त्रिविले सुचनामार्फत आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १२ : ३० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने