बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला झापा « Khabarhub

बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला झापा



काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/८९ को वार्षिक बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला झापा उच्च प्राथमिकतामा परेको छ ।

झापाको दमकमा ‘बहुतले बसपार्क’ सहितको सिटी पार्क निर्माण गर्न बजेट छुट्ट्याएइको छ । दमकमै गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन प्याराडाइज’ स्थापना गरिने भएको छ । दमकमै अन्तर्राष्ट्रिय स्तरको ‘मदन भण्डारी रङ्गशाला’ निर्माण गरी दुई वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ ।

कमल गाउँपालिकामा यसअघि ‘आदिवासी रङ्गशाला’ नाम राखेर निर्माण थालिएकोमा मदन ‘भण्डारी रङ्गशाला’ नाम राख्ने भनिएपछि विवाद भएर काम रोकिएको छ । ‘मदन भण्डारी रङ्गशाला’ नाममा दमकको वडा नं. ३ मा निर्माण हुने भएको छ ।

यसै गरी दमकमै आगामी दुई वर्षमा ‘औद्योगिक क्षेत्र’ को पूर्वधार निर्माण गरिने भएको छ । ‘औद्योगिक क्षेत्र’ को पूर्वधार निर्माणका लागि मकवानपुरको मयुरधाप, रुपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता, कैलालीको लम्की र कञ्चनपुरको दैजी पनि छानिएका छन् ।

दमकमा ‘ढल प्रशोधन केन्द्र’ निर्माण गरिने भएको छ । जनकपुर, वीरगञ्ज र नेपालगञ्ज सहितका अन्य सात वटा शहरमा पनि ‘ढल प्रशोधन केन्द्र’ निर्माण गरिने भएको छ ।

झापाको मेचीनगरमा ‘कृषि थोक बजार’ स्थापना गरिने भएको छ । शिवसताक्षी नगरपालिका–७ मा रहेको चन्द्रडाँगी कृषि फर्मलाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गरी सञ्चालनमा ल्याइने भएको छ ।

भद्रपुर बजारलाई नदी कटानबाट संरक्षण गर्न बजेट छुट्ट्याइएको छ । नदी कटानबाट संरक्षणका लागि म्याग्दीको बेनी, डोल्पाको दुनै, बझाङको चैनपुर र दार्चुलाको खलङ्गा पनि छानिएका छन् ।

विर्तामोड–चन्द्रगढी नगरपालिकालाई मेगा सिटीमा विकास गरिने भएको छ । मेगा सिटीका लागि धरान–इटहरी, जानकपुर–ढल्केवर, बुटवल–भैरहवा, कोहलपुर–नेपालगञ्ज र अत्तरिया–धनगढी पनि छानिएका छन् ।

झापामै पानी ट्याङ्की (भारत) देखि काँकडभिट्टा हुँदै चारआलीसम्म पेट्रोलियम पाइपलाइन विछ्याएर तीन वर्षभित्र सञ्चानमा ल्याइने भएको छ । यता अमलेखगञ्जदेखि लोथरसम्म पनि पेट्रोलियम पाइपलाइन विछ्याइने भएको छ ।

झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नति गरिने भएको छ । राजविराज, तुम्लिङटार, जनकपुर, धनगढी लगायतका विमानस्थल पनि स्तरोन्नतिका लागि छानिएका छन् ।

झापाको निर्वाचन क्षेत्र नं. ५ मा पर्ने गौरीगञ्जलाई ‘प्रविधिमैत्री स्मार्ट सिटी’ रूपमा विकास गरिने भएको छ । गौरीगञ्ज प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र हो ।

समृद्ध तराई मधेश सिँचाइ कार्यक्रम लागु हुने २५ जिल्लामा झापा पनि समावेश छ । स्थानीय तहमार्फत उत्पादनशील उपयोग गर्न नदी नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने योजनामा कन्काई र रतुवा खोला पनि परेका छन् । जनताको तटबन्धन कार्यक्रम लागु गर्न मावा र बिरिङ खोला परेका छन् । मोरङको बक्राहा पनि तटबन्धमा परेको छ ।

यस्तै प्रदेश र स्थानीय तहको साझेदारीमा भद्रपुर–विर्तामोड विद्युतीय बस सञ्चालन गर्ने योजना पनि बजेटमा परेको छ ।

तस्वीर : जीवन चुँडाल

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १ : १२ बजे

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको

सभामुखले बोल्ने समय दिएपछि श्रम संस्कृति चुप लाग्यो

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय दिएपछि प्रतिपक्षी श्रम संस्कृति