कब्जियत निको पार्ने ५ घरेलु उपाय « Khabarhub

कब्जियत निको पार्ने ५ घरेलु उपाय


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहिँ कब्जियत भए खासै समस्या हुदैँन तर नियमित भइरहेमा यसले अनेकौं समस्या निम्त्याउँछ । यदि महिनौंसम्मे कब्जियत भइरहेमा तुरुन्त चिकित्सकको परामर्श लिनु पर्दछ ।

यस अलावा खानपानमा परिवर्तन गरेमा पनि कब्जियतको समस्या घट्दछ । कब्जीयतको समस्याबाट बच्न कस्ता खानेकुरा खाने त ?

१. प्रशस्त पानी पिउने
मानिसको पाचनप्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । यसकालागि शरीमा धेरै मात्रामा पानीको आवश्यकता पर्दछ । यसैको भरपाईकालागि प्रसस्त पानी पिउनु पर्दछ ।

२. नुन तातो पानी
बिहान शौचालय जानु १० मिनेट अगाडी एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गरेमा यसले पेट सफा गर्न सघाउँछ ।

३. रेशायुक्त खाना बढाउने
नियमित खानामा फाइबार अर्थात रेसायुक्त खाना जस्तै, हरिया सागसब्जी, फलफूल खानु पर्दछ । यसले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ ।

४. यस्ता खानेकुरा नखाने
कुनै पनि दुग्धजन्य पदार्थ, माछामासु र तयारी खाना जस्तै चाउचाउ, प्याकेट बन्द खानेकुरा कब्जियत निको नहुन्जेल भरसक नखाने । खाए पनि थोरै मात्रामा खाने ।

५. शारीरिक व्यायाम
पाचनप्रणालीका मांसपेशीलाई सशक्त बनाउँन र राम्रोसँग काम गर्न व्यायाम आवश्यक हुन्छ । तसर्थ दैनिक ३० मिनेट भन्दा बढि व्यायाम गरे कब्जियत निको पार्न सघाउ पुग्दछ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  २ : ०९ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी