प्रधानन्यायाधीशको प्रश्न : त्यो फैसलासँग अहिलेको साइनो के ? « Khabarhub

प्रधानन्यायाधीशको प्रश्न : त्यो फैसलासँग अहिलेको साइनो के ?


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेकपा विभाजनसम्बन्धी फागुन २३ को फैसलालाई संसद विघटनसम्बन्धी मुद्दासँग नजोड्न कानुन व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

उक्त फैसला र पछिल्लो मुद्दाको साइनो के ? भनी प्रश्न उठाउँदै उनले पहिले भएका फैसला ठीक, बेठीक भन्ने ठाउँ यो इजलास नरहेको जनाए ।

प्रतिनिधिसभा विघटनबारेका रिट निवेदन सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शम्भु थापा, गोविन्द बन्दीले पुरानो फैसलाको प्रसंग उठाएर प्रधानन्यायाधीश जबरासहितको पछिल्लो बेञ्च गठनप्रति असन्तोष जनाएका थिए ।

शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथिको प्रारम्भिक सुनुवाइमा संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले यसरी ध्यानकार्षण गराएका हुन् ।

आइतबार बहस सुरू हुनेबित्तिकै देउवासहितका सांसदका तर्फबाट बहसमा आएका कानुन व्यवसायी गोविन्द बन्दीले गत फागुन २३ गते नेकपालाई एमाले र माओवादीकै अवस्थामा फर्काउने फैसला दिने न्यायाधीश बमकुमार श्रेष्ठ र उक्त फैसलामा पुनरावलोकन नदिने न्यायाधीश तेजबहादुर केसीको सहभागीता इजलासमा हुन नहुने तर्क गरेका थिए ।

‘त्यो फैसला ठीक, बेठीक भन्न तपाईँ यहाँ पाउनु हुन्न । यो मुद्दामा त्यसको साइनो के छ ?,’ प्रधानन्यायाधीश जबराको प्रश्न थियो ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  २ : ४४ बजे

आर्सनलले ८ हजार ६० दिनपछि टार्‍यो प्रिमियर लिग उपाधिको खडेरी, गनर्समा अर्टेट युगको सुरूवात

लन्डन- आर्सनलले अन्ततः रिसेट बटन थिचेर घडीलाई शून्यमा फर्काउन पाएको

तिलगंगा बस्ती हटाइएपछि पशुपतिमा धर्ना

काठमाडौं– तिलगंगा क्षेत्रको बस्ती हटाइएसँगै सो बस्तीमा बसोबास गर्ने बासिन्दाहरू आज

स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन परिपत्र 

काठमाडौं– स्वास्थ्य मन्त्रालयको परिवर्तित नाम कार्यान्वयनमा ल्याउन मन्त्रालयले मातहतका निकायलाई

संसद्‍मा कांग्रेसले भन्यो- संवेदनशील निकाय पदाधिकारी हटाएर सरकारले भ्याक्युम बनायो

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संवेदनशील निकायका

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले