यस्तै प्रश्न उठाउँदै जाने हो भने कुनै पनि न्यायाधीश बाँकी रहनुहुन्न : महान्यायाधिवक्ता « Khabarhub

यस्तै प्रश्न उठाउँदै जाने हो भने कुनै पनि न्यायाधीश बाँकी रहनुहुन्न : महान्यायाधिवक्ता


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलास गठनमा विपक्षीले प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको महान्यायाधिवक्ता बडालको आरोप छ ।

यसरी प्रश्न उठाउने हो भने त सर्वोच्चमा रहेका न्यायाधीशमध्ये अधिकांशले सरकारको विपक्षमा आदेश गरेकाले प्रधानमन्त्रीलाई विपक्षी बनाएको मुद्दा कसैले पनि हेर्न नमिल्ने उनले बताए ।

आइतवार संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ बस्न हुने कि नहुने भन्ने विषयमा भएको बहसको जवाफका क्रममा महान्यायाधिवक्ता बडालले विपक्षीले अनावश्यक माग राखेको बताए ।

‘विपक्षीले उठाएको प्रश्नमा जाने हो भने हामी पनि निवेदन दिन्छौं २० जना श्रीमान् नै यो मुद्दाका लागि ठीक हुनुहुन्न,’ बडालले भने ।

रिट निवेदकमध्येकै केहीले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भयो भनेर लेखेको स्मरण गर्दै बडालले त्यसले अदालतलाई दबाब दिने काम गरेको जिकिर गरे ।

‘स्वच्छ बहस भएको छैन । उहाँहरूले मिडिया ट्रायल गर्नुभएको छ । मलाई मिडिया ट्रायल गरेको भन्ने ? उहाँहरूलाई मैले कानूनबमोजिम सम्झाएको हुँ,’ बडालले भने ।

त्यसअघि बहसका क्रममा रमन श्रेष्ठले महान्यायाधिवक्ताले मिडियामा अन्तर्वार्ता दिएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ३ : २२ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको