स्वास्थ्यमा क्षेत्रमा बजेट वृद्धि, स्वास्थ्यकर्मी खुशी « Khabarhub

स्वास्थ्यमा क्षेत्रमा बजेट वृद्धि, स्वास्थ्यकर्मी खुशी


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणदेखि बिरामीको उपचारमा सधै अग्रपङ्क्तिमा खटिने जिल्लाका स्वास्थ्यकर्मीहरु सरकारले ल्याएको बजेटप्रति निकै खुशी भएका छन् । सरकारले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेपछि उनीहरु खुशी भएका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्य क्षेत्रको रु एक खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताएपछि डोटीका स्वास्थ्यकर्मीहरु निकै खुशी भएको जिल्ला स्वास्थ्य कार्यालयका परिवारनियोजन निरीक्षक सूर्य विष्टले बताए । उनले भने, “पछिल्लो समय सबै क्षेत्रबाट स्वास्थ्यकर्मी जोखिममा थिए, सरकारले हाम्रा पीडा मर्का बुझेर बजेट ल्याएकाले अब काम गर्नमा झनै हौसला प्रदान भएको छ ।”

पछिल्लो समय विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण आफ्नो ज्यान नै जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु स्वास्थ्य क्षेत्रमा सरकारले बजेट वृद्धि गरेपछि खुशी भएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विधि भण्डारीले बताइन् । उनले भनिन्, “कोरोना कहरको समयमा पनि घरपरिवार नभनेर बिरामी बचाउनमा लागेका थियौँ, सरकारले हाम्रो पीडा बुझेर सम्बोधन गरेको छ, हामी खुशी छौँ ।”

सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । कोभिड–१९ विरुद्धको खोपका लागि रु २६ अर्ब ७५ करोड समेत बजेट विनियोजन गरेको छ । सरकारले विनियोजन गरेको रकम यथाशक्य कार्यान्वयनमा ल्याउन समेत डोटीका स्वास्थ्यकर्मीले माग गरेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १० : ३० बजे

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर