लुम्बिनीका चार मन्त्रीले पनि राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पाउने « Khabarhub

लुम्बिनीका चार मन्त्रीले पनि राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पाउने


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि पदमुक्त भएका लुम्बिनीका चार मन्त्रीलाई राष्ट्रिय सभा निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले मताधिकार दिएको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा एक दिन अघि चार मन्त्रीले मताधिकार पाएका हुन् ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सोमबार (भोलि) बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ ।

जसपाले कारवाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान शुरू हुनु १६ घण्टाअघि आइतबार साँझ ५ बजे निर्वाचन आयोगले मतदानको अधिकारको निर्णय गरेको हो ।

यसअघि आयोगले प्रकाशित गरेको मतददाता नामावलीमा उनीहरुको नाम थिएन । प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले केन्द्रीय निर्वाचन आयोगले आइतबार जसपाबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पूरक मतदाताको अधिकार दिएको जानकारी दिए ।

यससँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् । चार मन्त्रीले मताधिकार पाएसंगै सत्ता पक्षका उम्मेदवारको पक्षमा १९६ मतभार बढेको छ ।

एकजना प्रदेश सांसदको मतभार ४८ रहेको छ । निर्वाचनमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी चार दलको गठबन्धनबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डे उम्मेदवार छन् ।

पदमुक्तपछि चारै जना मन्त्रीले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । तर मुद्दाको अन्तिम किनारा लागेको छैन । सर्वोच्चले असार ५ गते मुद्दाको पेशी तोकेको छ । यसअघि सर्वोच्चले उनीहरुलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

निर्वाचनको पूर्वसन्ध्यामा आयोगले गरेको यो निर्णयलाई विपक्षी गठबन्धनले सत्ताको दुरुपयोग गरेर भएको जालझेल भनेका छन् । कांग्रेसका प्रमुख सचेतक फखरुद्विन खानले सत्ताको आडमा अन्तिम नामावली प्रकाशित भइसकेको र र दावी विरोधको समय सकिएको मौन अवधिमा चलखेल भएको बताए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : ०१ बजे

काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय

धुलिखेल र चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ गर्ने सहमति

धुलिखेल-धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्थित अली

रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार

एजेन्सी– युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौँ किलोमिटर

पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा

काठमाडौं– राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’  पेस भएको

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते