नोकर्नीसित बिहे गर्ने स्रष्टा अनातोले फ्रान्स ! « Khabarhub

नोकर्नीसित बिहे गर्ने स्रष्टा अनातोले फ्रान्स !


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो ओजस्वी लेखनले विश्वप्रसिद्ध भएका स्रष्टा हुन् अनातोले फ्रान्स । यिनले उपन्यास, कथा, निबन्ध, आत्मजीवनीका झन्डै बयालीसवटा कृति विश्व साहित्यलाई प्रदान गरेर सन् १९२१ को साहित्य तर्फको नोबेल पुरस्कार हात पारे ।

आफ्ना कृतिमा फ्रान्सको राजधानी पेरिसका विविध खाले जीवनहरु, जीवनका स्थितिहरुको सुन्दर झाँकी प्रस्तुत गरे । कवितामा समाज र राजनीतिका जटिल समस्यामात्र प्रस्तुत गरेनन् युगजीवनका जीवन्त अनुभूति र यथार्थहरुको उद्घाटन गरिदिए ।

सत्यप्रतिको अविरल निष्ठा, उच्च मानवतावादी दृष्टिकोण र मार्मिक प्रस्तुति यिनका लेखनका विशिष्ट गुणहरु थिए ।

यिनको जन्म सन् १८४४ मा फ्रान्सको राजधानी पेरिस शहरमा भएको थियो । यिनका पिताजी पुस्तक व्यापारी भएकोले पुस्तकसित यिनको घनिष्ट प्रेम बस्यो ।

साहित्यका पुस्तकहरुसित डुब्ने बानीले गर्दा औपचारिक पाठ्यक्रमका पुस्तकहरुसित खासै दिलचस्पी जागेन । आफ्नो किताब दोकानमा दिनै आउने लेखक साहित्यकारको सङ्गत र रातदिन पुस्तकहरुको अध्ययनले यिनको ध्यान साहित्यमै केन्द्रित हुँदै गयो ।

पछि व्यावसायिक रुपले पनि यिनी बुवाको व्यवसायलाई सहयोग गर्न थाले । पुस्तक प्रकाशन र वितरणको काममा सक्रिय बने । केही समय सेनामा भर्ती भएर पनि काम गरे तर सैन्य पेशाले यिनको सर्जकलाई सन्तुष्टि दिन सकेन । सैन्य पेशा परित्याग गरेपछि यिनी रचनाहरु लेख्न र छपाउनमा जोडतोडले लागे ।

यिनले फ्रान्सेली सिनेटमा सहायक पुस्तकालयाध्यक्ष भएर पनि काम गरे । पहिली पत्नीसँग दाम्पत्य जीवन राम्रो भएन । दोस्रोलाई बिहै गरे, ऊ पनि केही समयमा मरेपछि आफ्नै नोकर्नीसित बिहे गरे । नोकर्नी पत्नी पनि एक वर्षमा नै आत्महत्या गरेपछि यिनी एक्ला बने ।

यिनको स्वैरकल्पनामा आधारित उपन्यास कथाले यिनलाई एकाएक चर्चित र विश्वप्रसिद्ध बनायो । उनको नामको सुवास चारैतिर फैलिदै गएपछि यिनलाई फ्रान्सेली एकेडेमीमा पनि निर्वाचित गरियो ।

नोबेल पुरस्कार पाएको तीनवर्षपछि सन् १९२४ मा यिनको निधन भयो ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्हरुपुस्तकबाट

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ६ : ०५ बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको