साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार « Khabarhub

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार


२ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको अन्तिम खेलमा पनि पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल बंगलादेशसँग ४–० ले स्तब्ध भएको हो ।

कोलोम्बो रेसकोर्समा भएको खेलमा हारसँगै नेपाललाई सेमिफाइनल यात्रा अर्को खेलको नतिजामा निर्भर बनेको छ।

नेपालले यसअघि श्रीलंकालाई २–० ले हराउँदै तीन अंक जोडेको थियो। तर समूह ‘ए’ मा बंगलादेशसँग अंक बराबरी भए पनि नेपालले दुई खेल सकाइसकेको छ भने बंगलादेशले अझै श्रीलंकासँग खेल्न बाँकी छ।

बंगलादेशका लागि खेलको ३०औं मिनेटमा मो. सबिर इस्लामले पहिलो गोल गरे। दोस्रो हाफमा बंगलादेशले थप तीन गोल थप्यो । उसका लागि ४९औं मिनेटमा अपु रहेमान, ५०औं मिनेटमा मो आरिफ र ६६औं मिनेटमा मो मानिकले गोल गरे ।

अब नेपालको सेमिफाइनल यात्रा बंगलादेश–श्रीलंका खेलको नतिजा पर्खनु पर्नेछ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार  ९ : ४५ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना