विद्युतीय सवारी विस्तारका लागि ताइवानी गोगोरो र भारतीय हिरो कम्पनीबीच सहकार्य « Khabarhub

विद्युतीय सवारी विस्तारका लागि ताइवानी गोगोरो र भारतीय हिरो कम्पनीबीच सहकार्य


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेइ– ताइवानको विद्युतीय स्कुटर उत्पादन कम्पनी गोगोरो र भारतीय मोटर कम्पनी हिरोले रणनीतिक सहकार्य गरेका छन् ।

भारतमा स्मार्ट विद्युतीय सवारीहरु उत्पादन र विस्तारका लागि ताइवानी गोगोरो र भारतीय हिरो कम्पनीबीच संयुक्त सहकार्य भएको हो ।

भारतमा विद्युतीय विशेष गरी दुई पांग्रे सवारीहरुको परिचालन र बजार विस्तारका लागि गोगोरो कम्पनीको सहयोग लिने हिरो कम्पनीले जनाएको छ ।

दुबै कम्पनीबीच भारत र विश्व बजारमा स्मार्ट र टिकाउ विद्युतीय सवारी उत्पादन र विस्तार गर्ने साझा उद्देश्य रहेको हिरो कम्पनीले जनाएको छ ।

दुई कम्पनीको सहकार्य अन्तर्गत सबैभन्दा पहिले भारतमा स्मार्ट विद्युतीय सवारी विस्तार गर्दै विश्व बजारमा जाने हिरो कम्पनीको भनाइ छ ।

गोगोरो कम्पनीको तथ्यांक अनुसार विश्वमै धेरै दुई पांग्रे सवारी उत्पादन गर्ने भारतले प्रत्येक वर्ष दुई करोड मोटरसाइकल र स्कुटरहरु उत्पादन गर्ने गर्दछ ।

स्रोत फोकस ताइवान

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ६ : ५९ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा