गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६१ पुग्यो | Khabarhub Khabarhub

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६१ पुग्यो


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-  गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुगेको छ ।

आइतबार संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुगेको हो ।

आइतबार अपराह्न प्राप्त २४ घण्टाको विवरणमा कास्कीका ८ जना, तनहुँका ४ जना तथा लमजुङ, बाग्लुङ्, मुस्ताङ र पर्वतका १/१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, आइतबार गण्डकीका ५४० थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६६३ जनामा गरिएको नमूना परीक्षणमा थप ५४० जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

आइतबार संक्रमण पुष्टी हुनेमा बाग्लुङका ११५ जना, गोरखाका १०४, लमजुङका ८९ जना, नवलपुरका ८५ जना, कास्कीका ७४ जना, पर्वतका ३४, तनहुँका १७, म्याग्दी जिल्लाका १५ र स्याङ्गजाका ७ जना छन् । योसँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४१ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ८५९ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा कोरोनामुक्त हुनेको संख्या अहिलेसम्म ३० हजार २३२ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ७ : ०१ बजे

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट

दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ 

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा

शेख हसिनाको चेतावनी- अवामी लिगबिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ

एजेन्सी– बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी

‘अब सुन्छ अमेरिका’ विवादपछि गायक पशुपति भन्छन् – समस्या हुने देखेरै सम्झौता रद्द गरेको हुँ

काठमाडौं – ‘अब सुन्छ अमेरिका’ कार्यक्रमका आयोजक फ्लाई नेपालबाट अमेरिकामा