सरकारमा सहभागिताबारे जसपा नेता ठाकुर-महतो प्रधानमन्त्री ओलीसँग छलफलमा « Khabarhub

सरकारमा सहभागिताबारे जसपा नेता ठाकुर-महतो प्रधानमन्त्री ओलीसँग छलफलमा


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागीताबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफलमा सरकारमा सहभागी हुँदा पाउने भनिएका ८ मन्त्रालयका विषयमा छलफल भइरहेको जसपाका एक नेताले जानकारी दिए ।

‘प्रधानमन्त्री हाम्रा मागमा सकारात्मक देखिनुभयो, हामी पनि उहाँप्रति सकारात्मक भएका हौँ, ८ मन्त्री र २ राज्यमन्त्रीमा कुरा भएकाले त्यसबारे नेताहरूले छलफल गरिरहनुभएको छ,’ ठाकुर निकट नेताले भने ।

ओलीसँगको भेटमा जसपाका अन्य मागका विषयमा छलफल भएको छ । जसपाले नागरिकता, संविधान संसोधन, मधेस आन्दोलनका क्रममा झुटा आरोप लगाएर पक्राउ गरिएका कार्यकर्ताहरूको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै आएको थियो । यसमध्ये अधिकांश माग ओली सरकारले पूरा गरेको छ ।

संविधान संसोधनका लागि कार्यदलसमेत बनेपछि जसपाको ठाकुर-महतो खेमा ओली सरकारमा सहभागीताका लागि सकारात्मक बनेको हो ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १० : ४५ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि