नेपालगञ्जका मेयर राणाद्वारा मतदान बहिष्कार « Khabarhub

नेपालगञ्जका मेयर राणाद्वारा मतदान बहिष्कार


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव आफ्नो प्राथमिकतामा नपरेको भन्दै मतदान नगर्ने जनाएका हुन् ।

कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै उनले मतदानमा भाग नलिने निर्णय लिएको बताए ।

उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’

राणा राप्रपाबाट नेपालगञ्जको मेयर चुनिएका हुन् । वाग्मती प्रदेशमा भएको उपनिर्वाचनमा राप्रपाले एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा (बादल)लाई समर्थन गरेको थियो ।

लुम्बिनी प्रदेशको उपनिर्वाचनमा राप्रपाले ह्वीप जारी गरेको छैन । नेपालगञ्जका मेयर राणाले पार्टीबाट कुनै निर्देशन र निर्णय नआएको बताए ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको एक पदका लागि लुम्बिनी प्रदेशमा आज उपचुनाव भइरहको हो ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १ : ४२ बजे

महाधिवेशनले रास्वपालाई थप बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री 

चितवन – सूचना तथा सञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता

मतपत्रबाट ‘ज्वाला’ गायब भएपछि आक्रोशित हुँदै भनिन्- मलाई मत दिनेहरू झुक्किए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका उम्मेदवार ज्वाला

दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार

रास्वपाको पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचनमा पहिलो चरणको मतदान

आशिकाले भनिन्- महाधिवेशनबाट बुझेँ, दुःख पाउने त भुईँ मान्छे नै रहेछन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङले पार्टीको