सांसद श्रेष्ठको पहलमा स्वयम्भूमा ५० बेडको आइसोलेसन | Khabarhub Khabarhub

सांसद श्रेष्ठको पहलमा स्वयम्भूमा ५० बेडको आइसोलेसन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद जीवनराम श्रेष्ठको पहलमा काठमाडौँको स्वयम्भूमा सञ्चालित सुविधासम्पन्न ५० बेडको आइसोलेसन केन्द्रले कोभिडका बिरामीलाई सेवा प्रदान गरिरहेको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को स्वयम्भूमा गत जेठ २ गतेबाट सञ्चालनमा आएको आइसोलेसन केन्द्रमा हाल १९ जना कोभिडका बिरामी रहेका संसाद श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

सरकारले निर्वाचित सांसदहरूलाई ‘स्थानीय पूर्वाधार विकास’ कार्यक्रममार्फत बजेट दिने गरेको छ । सोही कार्यक्रमअन्तर्गतको ६५ लाख रुपैयाँमा प्रयोगबिहीन अवस्थामा रहेको आनन्द कुटी स्कूलको भवनलाई आइसोलेसन बनाइएको उनले बताए ।

‘जीर्ण रहेको विद्यालयलाई मर्मत सम्भार गरेर आइसोलेसन केन्द्र निर्माण गरेका हौं’ उनले भने, ‘अहिले समुदायमा आधारित रहेर सहयोगमार्फत जुटेको रकमले पनि कोभिडका बिरामीलाई सेवा दिइरहेका छौं ।’

बिरामीलाई दिनमा ४ पटक खाना, आवश्यक औषधि नि:शुल्क सेवा उपलब्ध गराइएको छ । आइसोलेसनमा बसेकाहरूलाई योगा समेत सिकाइन्छ भने बाहिर हिड्डुल गर्न सक्नेगरी क्षेत्र छुट्याएको उनको भनाइ छ ।

केन्द्रमा संक्रमितहरुको रेखदेखका लागि जनसरोकार स्वास्थ्य ट्रस्टका नर्सहरु खटिएका छन् । त्यस्तै आइसोलेसन केन्द्रबाट निस्केको फोहोरलाई अटो क्लिप गरेर निसंक्रमण गरी कुहिने र नकुहिने छुट्याएर प्याकिङ गरेर व्यवस्थापन गर्ने गरिएको छ ।

श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले पहिलो पटक सांसदहरूले गर्न पाउने ‘स्थानीय पूर्वाधार विकास कार्यक्रम’ को सदुपयोग गरेका छन् ।

महानगरभित्र रहेका आइसोलेनमध्ये सुविधासम्पन्न आइसोलेसन केन्द्र रहेको बताउँदै उनी भन्छन्, ‘केन्द्रमा जुनसुकै ठाउँका कोरोना संक्रमितहरु आएर बस्न सक्नुहुनेछ ।’

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  २ : १० बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन