सांसद श्रेष्ठको पहलमा स्वयम्भूमा ५० बेडको आइसोलेसन « Khabarhub

सांसद श्रेष्ठको पहलमा स्वयम्भूमा ५० बेडको आइसोलेसन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद जीवनराम श्रेष्ठको पहलमा काठमाडौँको स्वयम्भूमा सञ्चालित सुविधासम्पन्न ५० बेडको आइसोलेसन केन्द्रले कोभिडका बिरामीलाई सेवा प्रदान गरिरहेको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को स्वयम्भूमा गत जेठ २ गतेबाट सञ्चालनमा आएको आइसोलेसन केन्द्रमा हाल १९ जना कोभिडका बिरामी रहेका संसाद श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

सरकारले निर्वाचित सांसदहरूलाई ‘स्थानीय पूर्वाधार विकास’ कार्यक्रममार्फत बजेट दिने गरेको छ । सोही कार्यक्रमअन्तर्गतको ६५ लाख रुपैयाँमा प्रयोगबिहीन अवस्थामा रहेको आनन्द कुटी स्कूलको भवनलाई आइसोलेसन बनाइएको उनले बताए ।

‘जीर्ण रहेको विद्यालयलाई मर्मत सम्भार गरेर आइसोलेसन केन्द्र निर्माण गरेका हौं’ उनले भने, ‘अहिले समुदायमा आधारित रहेर सहयोगमार्फत जुटेको रकमले पनि कोभिडका बिरामीलाई सेवा दिइरहेका छौं ।’

बिरामीलाई दिनमा ४ पटक खाना, आवश्यक औषधि नि:शुल्क सेवा उपलब्ध गराइएको छ । आइसोलेसनमा बसेकाहरूलाई योगा समेत सिकाइन्छ भने बाहिर हिड्डुल गर्न सक्नेगरी क्षेत्र छुट्याएको उनको भनाइ छ ।

केन्द्रमा संक्रमितहरुको रेखदेखका लागि जनसरोकार स्वास्थ्य ट्रस्टका नर्सहरु खटिएका छन् । त्यस्तै आइसोलेसन केन्द्रबाट निस्केको फोहोरलाई अटो क्लिप गरेर निसंक्रमण गरी कुहिने र नकुहिने छुट्याएर प्याकिङ गरेर व्यवस्थापन गर्ने गरिएको छ ।

श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले पहिलो पटक सांसदहरूले गर्न पाउने ‘स्थानीय पूर्वाधार विकास कार्यक्रम’ को सदुपयोग गरेका छन् ।

महानगरभित्र रहेका आइसोलेनमध्ये सुविधासम्पन्न आइसोलेसन केन्द्र रहेको बताउँदै उनी भन्छन्, ‘केन्द्रमा जुनसुकै ठाउँका कोरोना संक्रमितहरु आएर बस्न सक्नुहुनेछ ।’

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  २ : १० बजे

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद